Incident Reports

​बुबाको पिटाइबाट डेढ वर्षकी बालिका घाइते

2016-03-27

Province 1, Khotang, Rupakot Majhuwagadhi

 बुबाको कुटाइबाट खोटाङमा डेढ वर्षे बालिका घाइते भएकी छन् । बुईपा–१ खोटाङका चइनध्वज राईले १८ महिनाकी छोरी ग्रिष्मा राईलाई कुटेर घाइते बनाएका हुन् । चइनध्वजले लालनपालन गर्न झन्झट लागेर छोरीलाई आइतबार कुटपिट गरेको प्रहरीले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको छ । कुटाइबाट पिठ्यूँ, ढाड, पेट र खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ । बालिकालाई कुटपिट गर्ने राईलाई गएको आइतबार नै पक्राउ गरि बुईपा प्रहरी चौकीले मंगलबार सार्वजनिक गरेको हो । दुई वटी श्रीमती बिवाह गरिसकेका चइनध्वज र रमिलाबिच गएको माघ १८ गते बिवाह भएको थियो । चइनध्वजको यो तेस्रो र रमिलाको दोश्रो बिवाह हो । पिटाइ खाने बालिका चइनध्वजका झड्केलो छोरी हुन् । आफन्तका अनुसार बिवाहपछि चइनध्वजले रमिला र बालिकालाई जबरजस्ती अलग्गै राख्ने गरेका थिए । बालिकालाई पानीमा डुवाउने, बारम्बार कुटपिट गर्ने गरेको स्थानीय बासिन्दाको भनाई छ । राईका जेठीतर्फ एक छोरी र एक छोरा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments