Incident Reports

परिवारले घर निकालेपछि पाँच महिनादेखि संरक्षण केन्द्रमा

2015-10-20

Bagmati, Ramechhap, Manthali, Ward 9

रामेछापको पुरानागाउँ गाविस-१ की २६ वर्षीया चमेली श्रेष्ठलाई परिवारले घर निकाला गरिदिएपछि स्वास्थ्य संस्थामा सञ्चालन भएको संरक्षण केन्द्रमा आश्रय लिएर बसेकी छिन् । श्रेष्ठ सुत्केरी भएदेखि नै स्वास्थ्य संस्थाको संरक्षण केन्द्रमा बस्दै आएकी हुन् । उनलाई ०७२ कार्तिक ३ गतेदेखि नै परिवारले घर निकाला गरेको हो । गर्भवती अवस्थामा घरबाट निकालिएपछि उनले स्थानीय स्वास्थ्य चौकीमा ०७२ कार्तिक ९ गते छोरी जन्माइन् । उनका पति ३० वर्षीय गोरे श्रेष्ठले ९ वर्षका छोरासँग भेट गर्न समेत नदिएको उनले गुनासो गरेकी छन् । उनका तीन सन्तान छन् । पाँच वर्षी छोरीसँग छुट्टै बस्दै आएकी चमेलीले अस्पतालमा बच्चा जन्माएपछि परिवारका सदस्यले घरमा लान मानेनन् । कार्तिक १० गते महिला बचत तथा ऋण सहकारी संस्था पुरानागाउँकी अध्यक्ष हिरा गिरीलगायतका महिलाहरू मिलेर उनलाई कार्तिक २० गतेसम्म सहकारीको संरक्षणमा राखेका थिए । त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्रमा युनिसेफको सहयोगमा सञ्चालित भूकम्प प्रभावित महिलाहरूको संरक्षण केन्द्रमा सहकारीमार्फत उनलाई राखिएको सहकारीकी अध्यक्ष हिरा गिरीले बताइन् । बिवाह दर्ता, नेपाली नागरिकताको प्रमाणपत्र तथा छोराछोरीको जन्म दर्तालगायतका कुनै पनि कागजातहरू आफूसँग नभएको पीडितले बताइन् । पतिले नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिन नमानेको पीडितको गुनासो छ । उनको नजिकैको कोही नातेदारले सनाखत गरिदिएमा नेपाली नगारिकताको प्रमाणपत्र दिन सकिने रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारयाण पौडेलले जनकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments