Incident Reports

हाटबजार सार्न खोज्दा झडप, प्रहरीको कुम भाँचियो

2016-04-03

 नवलपरासीको सुनवलस्थित आइतबारे साप्ताहिक हाट बजारलाई अन्यन्त्र सार्ने विषयमा भएको विवादले उग्ररुप लिँदा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । आइतबार दिउँसो भएको झडपमा दुई स्थानीय र एक प्रहरीसहित तीनजना घाइते भएका छन् । स्थिति तनावपूर्ण बन्दै गएपछि नियन्त्रण लिन सात राउण्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । एक महिना अघिदेखि नगरपालिका, केही स्थानीयवासी र व्यवसायीबीच हाट बजार व्यवस्थित गर्ने विषयमा विवाद उत्पन्न हुँदै आएको छ । वर्षौ पहिलेदेखि नगरपालिका नजिक सडक छेउमा आइतवारे हाट बजार लाग्दै आएको छ । उक्त हाट बजार अन्यन्त्र नसार्ने व्यवसायीहरुको अडानमा केही स्थानीयवासीले समर्थन गरेपछि नगरपालिकाले सहमति कार्यान्वयन गराउन प्रहरीको सहयोग लिएको छ । जसका कारण प्रहरीले आज आइतबारे बजारमा पसल राख्न आएका व्यवसायीहरुका सवारी साधन र सामानहरु लैजान नदिएपछि झडप भएको हो । झडपका क्रममा प्रहरी जवान चित्रबहादुर कुमाल घाइते भएका छन् । उनको दाहिने कुम भाँचिएको प्रहरीले जनाएको छ । त्यस्तै स्थानीय देवी घिमिरे र यमकुमारी चापागाईँ पनि घाइते भएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद ढकालका अनुसार अव्यवस्थितरुपमा सडक छेउमा सञ्चालन हुँदै आएको बजारलाई व्यवस्थित गराउन राजनीतिक दल र हाट बजार व्यवस्थापन समितिको पनि सहमति छ । तर केही स्थानीयवासी र व्यवसायीले निर्णयलाई कार्यान्वयन अवरोध सृजना गरेकाले विवाद उत्पन्न भएको उनले बताए । ‘सडक छेउमै रहेका पसलका कारण बजार अव्यवस्थित मात्रै होइन सवारी साधन आवजावतमा समस्या भई दुर्घटनासमेत बढेको छ’, कार्यकारी अधिकृत ढकालले भने, ‘त्यसैले सबैको सहमतिमा बजारलाई स्थान्तरण गर्न खोजिएको हो । तर केही व्यवसायी र स्थानीय व्यक्तिहरुको स्वार्थका कारण विवाद निकालिएको हो ।’ बजार अन्यन्त्र सारिए आफुहरुको व्यवसायमा कमि आउने भन्दै केही व्यक्तिहरु विरोधमा रहेको नगरपालिकाले जनाएको छ । राजनीतिक दलका प्रतिनिधि र व्यवसायीहरुको समिति स्वयम्ले गरेको निर्णयलाई जसरी पनि कार्यान्वयन गर्ने अडानमा नगरपालिका छ । व्यवसायीहरुले भने २०५६ सालमा तत्कालिन गाविसले मंगलवारे हाट बजारलाई व्यवस्थित गर्न ८ बिगाहा जग्गा हाट बजार व्यवस्थापन समितिलाई दिएकाले सो निर्णय सार्वजनिक गरि कार्यान्वयन नगरेसम्म बजार स्थान्तरण नगर्ने अडान लिएका छन् । नगरपालिकाले भने जग्गा भोगचलन गर्न दिने भन्नेबारे कुनै निर्णय नभएको बताउँदै आएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 10
National/Online Media

0 Comments

Related Trend Analysis