Incident Reports

२० रुपैयाँ दिन्छु भन्दै बलात्कार

2016-04-02

Karnali, Surkhet, Birendranagar

आफ्नो पसलमा आएकी बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेतमा एकजना पक्राउ परेका छन् । नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगरबाट एकजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ निवासी ४६ वर्षीय प्रेमबहादुर दमाईलाई बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीले शनिवार पक्राउ गरेको हो । शनिवार पक्राउ परेका उनलाई आइतवार सार्वजनिक गरिएको हो । आफ्नो पसलमा सामान किन्न आएकी बालिकालाई जबर्जस्तीकरणी गरेको उजूरीका आधारमा दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शनिवार पसलमा आएकी ती बालिकालाई २० रुपैयाँ दिन्छु भन्दै प्रेमबहादुरले आफ्नो कोठामा लिएर जबर्जस्तीकरणी गरेका थिए । बालिकालाई फकाएर बलात्कार गरेको उजुरीपछि आफूहरुले प्रेमबहादुरलाई पक्राउ गरेको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लले बताए । पक्राउ परेका प्रेमबहादुरलाई आइतवार जिल्ला अदालतबाटसमेत तीन दिनका लागि म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाले उनीवरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरीएको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments