Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्नेविरूद्ध उजुरी

2016-03-31

Madhes, Siraha, Sakhuwanankarkatti

Durga Pariyar सोठियाइन गाविस-१ कि ३१ वर्षीया सुशीलादेवी यादवलाई बोक्सीको आरोप लगाउने सोही ठाउँका ५५ वर्षीय जनक यादव, ५० वर्षीय फनक भन्ने कनकलाल यादव र २१ वर्षीय दिनेश यादवविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा चैत २० गते पीडित परिवारले उजुरी दिएका छन् । पीडितले आरोपितहरूले पटकपटक घरमा कोही बिरामी परेमा तथा भैंसीले दुध नदिएमा सुसिला बोक्सी हो भनी गालीगलौज तथा कुटपिट गर्ने गरेको बताइन् । चैत १८ गते पनि सोही आरोप लगाउँदै आरोपितहरूले सुशीलालाई कुटपिट गरेको पीडितका बावु महाबिर यादवले बताए । कुटाईबाट घाइते भएकी सुशीलाको उपचार लहानस्थित सप्तऋषी अस्पतालमा चैत १८ गते भएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही गरिने बताए । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments