Incident Reports

बालक भारत पुर्‍याई अपहरणकारीको जिम्मा लगाउने महिला पक्राउ

2016-04-04

बालकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले गएराति एक महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा पोखरिया नगरपालिका सतबरियाकी सुगन्धी देवी रहेकी छिन्। पोखरिया नगरपालिका सतबरियाकै ९ वर्षीय बालक लोटन चौहानको अपहरणमा प्रत्यक्ष संलग्न रहेको आरोपमा सुगन्धीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक यमबहादुर गुरुङले बताए। गत फागुन १५ गते पोखरिया बजार घुमाउन भनी लिएर गएको लोटनलाई सुगन्धीले सीमावर्ती भारतीय बजार सिक्टामा पुर्यााइ दुईजना अपहरणकारीको जिम्मा लगाएकी थिइन्। सीमावर्ती भारतीय प्रहरी सिक्टाको सहयोगमा अपहरण भएको २४ दिनपछि यही चैत ९ गते सिक्टास्थित रेल्वे स्टेसनको नजिकबाट लोटनलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेका थिए। उद्धार गरिएका बालकको बयानका आधारमा प्रहरीले सुगन्धीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले बताए।

0 Comments