Incident Reports

बहुविवाहको आरोपमा दम्पती पक्राउ

2016-04-05

Bagmati, Kabhrepalanchok, Namobuddha

काभ्रेपलाञ्चोकमा एक दम्पतीलाई प्रहरीले बहुविवाहको आरोपमा पक्राउ गरेको छ। दाप्चा काशीखण्ड नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजु श्रेष्ठले दोस्रो विवाहका रुपमा दोलखाकी जानुका कार्कीलाई विवाह गरेको उजुरी जेठी श्रीमती रमिला श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। दोस्रो विवाह गरेका श्रेष्ठ र कार्कीलाई बहुविवाह मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। रासस
National/Online Media

0 Comments