Incident Reports

बलात्कार गरेको ठहर गर्दै आठ वर्षकैदको फैसला

2016-04-05

Madhes, Siraha, Kalyanpur, Ward 6

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै मिर्चैया नपा-७ का २७ वर्षीय राजकिशोर यादवलाई चैत २३ गते जिल्ला अदालत सिरहाले आठ वर्ष कैद र २५ हजार क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आर्चायले बताएका छन् । यादवले बालिकालाई ०७२ जेठ २९ गते बलात्कार गरेको भनी पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार १ गते उजुरी दिएका थिए । राजकिशोर यादवलाई प्रहरीले असार २ गते गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार १ गते भएको थियो । त्यसैगरी १३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको ठहर गर्दै भेडिया गाविस-१ का २४ वर्षीय सुरेशकुमार यादवलार्इ जिल्ला अदालत सिरहाले चैत २३ गते ३ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आर्चायले जानकारी दिएका छन् । सुरेश यादवले ०७२ वैशाख २४ गते ती बालिकालाई बलात्कारको प्रयास गरेको भनी उजुरी परेपछि प्रहरीले सोही दिन गिरफ्तार गरेर मुद्दा चलाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण वैशाख २४ गते जिल्ला अस्पताल सिरहामा भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments