Incident Reports

पाल्पाको हुलांदीखोलाको पुलमुनि एक बालिका मृत भेटिइन् [Updated]

2016-04-18

Lumbini, Palpa, Tansen

 पाल्पाको हुलांदीखोलाको पुलमुनि एक बालिका मृत अवस्थामा फेला परेकी छन् । सुन्दर गाउँकी ८ वर्षे वर्षा दर्लामी सोमबार बेलुका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको बलात्कार पछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । विद्यालय गएकी छोरी बेलुका अबेरसम्म घर नआएपछि वर्षाकी आमाले प्रभास प्रहरी चौकीमा खबर गरेपछि स्थानीय बासिन्दा र प्रहरीले खोजि गरेका थिए । मृत बालिकाको शरिरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक रमेशराज भेटवालले बताउँनुभयो । उहाँका अनुसार हत्यामा संलग्न रहेको आशंकामा ३ जनालाई प्रक्राउ गरिएको छ । बालिकाकाे शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा लगिएको छ । घटनाको बारेमा सत्य तथ्य बाहिर ल्याउन र हत्यामा संलग्नलाई कडा कारवाही गर्न पाल्पाका विभिन्न संघ सस्ंथाले माग गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments