Incident Reports

प्रधानाध्यापकले आफूखुसी कर्मचारी नियुक्ति गरेको भन्दै विद्यालयमा तालाबन्दी

2016-04-20

Madhes, Saptari, Shambhunath

प्रधानाध्यापकले आफूखुसी कर्मचारी नियुक्त गरेको जनाई सप्तरी, शम्भुनाथ नगरपालिका–२ स्थित राष्ट्रिय प्रावि खेरबोनामा बुधबार तालाबन्दी गरिएको छ। विद्यालयका प्रअ कुनदेव यादवले व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई नीलम यादवलाई कार्यालय सहायकमा नियुक्त दिएको भन्दै विद्यालयमा तालाबन्दी गरिएको व्यवस्थापन समितिले जनाएको छ। यादवले सो नियुक्ति खारेज नगरेसम्म तालाबन्दी यथावत् रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण मण्डलले बताए । प्रअ यादवले आफूले आफूखुसी कर्मचारी नियुक्त नगरी जिल्ला शिक्षा कार्याललाई जानकारी दिएको र यसमा व्यवस्थापन समितिका केही पदाधिकारीको समेत सहमति रहेको बताए। विद्यायलमा एक्कासि तालाबन्दी भएपछि विद्यार्थीको पढाइमा असर परेको स्थानीयवासीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments