Incident Reports

काठमाडौंमा भेटियो नाइन एमएमको पेस्तोल

2016-04-22

Bagmati, Kathmandu, Kathmandu

प्रहरीले ठमेल क्षेत्रमा स्टोर गरिएको हतियार खोजी गर्नेक्रममा नयाँखाले हतियार फेला पारेको छ। ठमेल क्षेत्रका रात्रिकालीनलगायत व्यवसायमा संलग्न केही व्यक्तिले हतियार राखेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले हतियार खोज्न टोली खटाएको थियो। टोलीले ठमेलमा लुकाएर राखिएको हतियार फेला नपारे पनि मोरङबाट काठमाडौं भित्रिएको नाइन एमएमको नयाँ पेस्तोलसहित काभ्रेका करसाङ लामालाई पक्राउ गर्योम। वृत्त प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार शान्तिनगरमा बस्दै आएका लामाको साथबाट शुक्रबार पाँच राउन्ड गोलीसहितको पेस्तोल फेला पारेको हो। हतियार काभ्रेली समूहले मोरङबाट मगाएको र तीन लाखमा डिल भएपछि लामा मोरङबाट हतियार बोकेर काठमाडौं आएको प्रारम्भिक अनुसन्धानमा देखिएको राठौरको दाबी छ। साना हतियारको खोजीमा खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रमा २० भन्दा बढी हतियार रहेको सूचना ल्याएपछि प्रहरी चनाखो भएको थियो। द्वन्द्वकालीन हतियार रात्रिकालीन व्यवसायी, जग्गा कारोबारीलगायतले किनेर ठमेल क्षेत्रमा राखेको सूचनालाई आधार बनाएर प्रहरी स्टोर भएको हतियार पहिल्याउन खटिए पनि कारोबारी र हतियार भने नयाँ फेला पार्योा। 'ठमेल क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा रहेका आपराधिक व्यक्ति र समूहको हतियार रहेको सूचनापछि खोजीमा टोली परिचालन गरेका थियौं,' डिएसपी राठौरले भने, 'नयाँ हतियार फेला परे पनि खोजी जारी नै छ।' कसले मगायो हतियार? संगठित आपराधिक समूहका नाइकेविरुद्ध प्रहरीले कठोर अप्रेसन चलाएपछि पछिल्लो समय संगठित गुन्डागर्दीका घटना सुस्त छन्। तीन वर्षबीचमा कोही इन्काउन्टरमा मारिए, कोही पक्राउ परे, यी दुवैबाट जोगिएका प्रहरी निगरानीका कारण निस्त्रि्कय बसे। तीन वर्षबीचमा संगठित गुन्डागर्दीमा सक्रिय दिनेश अधिकारी 'चरी' र कुमार श्रेष्ठ 'घैंटे' प्रहरी इन्काउन्टरमा मारिए। सुजन पौडेल (रमेश बाहुन) लागुऔषध र अवैध हतियार मुद्दामा जेलमा छन्। गणेश लामा अपहरणको अभियोग लागेपछि लुकेर बसेका छन् भने चक्रे मिलन, दिपक मनांगे निस्कृय प्राय। यस्तो अवस्थामा मोरङबाट तीन लाखमा कसले पेस्तोल काठमाडौंमा मगायो? यही प्रश्न प्रहरीको टाउको दुखाइ बनेको छ। पक्राउ परेकाले हतियार काभ्रेली समूहले मगाएको दाबी गरेको प्रहरीले जानकारी दिएको छ। काभ्रेली समूह गणेश लामा नेतृत्वको समूह हो। डिएसपी राठौरले मगाउने समूहसँगै कुन प्रयोजनका लागि हतियार मगाएको हो, त्यही केन्द्रित अनुसन्धान अगाडि बढाइएको छ। 'आखिर कसले कुन प्रयोजनका लागि काठमाडौंमा हतियार मगायो, अहिले हाम्रो प्रमुख चासोको विषय यही हो,' राठौरले भने।

0 Comments