Incident Reports

६ थान पेस्तोल सहित सात पक्राउ

2016-04-24

Madhes, Siraha, Sukhipur, Ward 1

सिरहाको बरियारपट्टी गाविस १ का २४ बर्षिय श्रवण यादब पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । यादबलाई जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले पक्राउ गरेको हो । सुराकीको आधारमा यादबको घरमा खानतलासी गर्दा लोकल मेडको एक थान पेस्तोल र एक थान गोलली बरामद भएको प्रहरीले जनाएको छ । यादबलाई अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादबमाथि हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । सिरहा प्रहरीले पछिलो एक महिनाको अवधीमा बिभिन्न ठाउँबाट पाँच थान कटुवा पेस्तोल र एक थान अटोम्याटिक ९ एम एम को यू एस लेखिएको एक थान पेस्तोल र ११ राउण्ड गोलिसहित सात जनालई पक्राउ गरेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । पक्राउ परेका सातजना मधे दुई जनालाई पूर्ब पक्षकालागि जिल्ला कारागार सिरहा पठाएको र पाँच जना माथि अनूशन्धान भईरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
National/Online Media

0 Comments