Incident Reports

हतियारसहित लागूऔषध कारोबारी पक्राउ

2016-04-28

Bagmati, Kathmandu, Kathmandu, Ward 10

लागुऔषध कारोबारमा सक्रिय रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी विश्वमणि पोखरेलका अनुसार लमजुङका विवेक गुरुङ एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसहित पक्राउ परेका हुन् । गुरुङको साथबाट अवैध लागूऔषध २५ एम्पुल डाइजेपाम, २५ एम्पुल फेनारगान, २५ थान नफि्रन समेत बरामद भएको छ । गुरुङले पेस्तोल प्रयोग गरेर काठमाडौंमा लागूऔषधको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पोखरेलले बताए । १६ वर्षदेखि काठमाडौैंमा बस्दै आएका उनी कटुवा पेस्तोल बोकेर लागुऔषध विक्रि गर्न हिंडेने गरेको प्रहरीको भनाइ छ । गुरुङको साथबाट लागुऔषध बिक्री गरेर संकलन भएको २ लाख ६१ हजार नगद समेत बरामद भएको डिएसपी पोखरेलले जानकारी दिए । उनले आफूलाई हतियार राख्न दिने मान्छे पनि जेल परेको र अर्को समुह लागूऔषध लिन हान पुगेको बयान दिएका छन् । काठमाडौंमा विद्यार्थी र दुर्व्यसनीहरुलाई लागूऔयाध विक्री गर्ने समूह हुन सक्ने अनुसन्धामा खटिएका प्रहरीको आशंका छ ।
National/Online Media

0 Comments