Incident Reports

घुस लिने अमिनसहित तीनविरुद्ध मुद्दा दायर

2016-04-28

Bagmati, Kathmandu, Budhanilakantha

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा बूढानिलकण्ठ नगरपालिकाका अमिन र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार घर निर्माण सम्पन्न भएको कागज बनाइदिने प्रयोजनका लागि दिएको निवेदनमाथि कारबाही गर्दा अमिन सुमन श्रेष्ठ र कार्यालय सहयोगी सुरेश श्रेष्ठ गैरकानुनी रुपमा दुई लाख लिँदालिँदै पक्राउ परेका थिए। यस्तै अर्का सेवाग्राहीको पनि घर जग्गासम्बन्धी कामका लागि कार्यालय सहयोगी श्रेष्ठले सोही नगरपालिकाको वडा नम्बर ७ र ८ वडा कार्यालयका कार्यालय सहायक सरोज खत्रीसँग मिलेर अर्का सेवाग्राहीसँग रु एक लाख ३६ हजार ४३९ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। आरोपी सबैलाई बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए।

0 Comments