Incident Reports

दलित भएकै कारण जागिर बाट निकाला

2016-09-28

Gandaki, Kaski, Pokhara Lekhnath

लेक्साइड होटेल दरबार इनमा एक दलित युवती जागिरेको पहिलो दिनमै निस्किनुपरेको छ । होटेल म्यानेजरले जागिरेको लागि बोलाएपनी फुलबारिकी शिवानी नेपालीलाई होटेल धनीले 'सानो जात' भन्दै निकालेका हुन् । होटेल म्यानेजरले शिवानिलाई असोज ५ गते रिसेप्सानीस्टको जागिरमा बोलाएका थिए । असोज ६ गते डकुमेन्ट बुझाएकी शिवानी ७ गते शुक्रबार जागिरका लागि हाजिर भईन् । होटेल संचालक भुवन लामिछनेकि आमा गंगा लामिछानेले शिवानिलाई जान सोधिन् । शिवानिले आफ्नो परिचय दिएपछी गंगाले किचेनमा जान नपाईने , छुट्टै बसेर खानुपर्ने र आफुले खाएको आँफैले माझ्नुपर्ने सर्त राखिन् । अपमानित महसुस गरेकी शिवानिलाई होटेल संचालक लामिछने दम्पती र अरु केही कर्मचारी मिलेर जागिर छोड्न दबाब दिइ निकालियो । बिनिताका हजुरबुवा दम्बर बहादुर नेपालीले जातिय विभेद विरुद्ध उजुरी दर्ता गर्न खोज्दा प्रहरिले आनाकानी गरेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments