Incident Reports

परिवारले प्रेम सम्बन्ध जब अस्विकार गरे

2017-01-22

Province 1, Jhapa, Kankai

अन्र्तजातिय प्रेमलाई समाजले अस्विकार गर्दा विभिन्न किसिमका आपराधिक घटनाहरु घट्दै आएका छन् । पछिल्लो समय झापाको कनकायी नगरपालिका ७ बिरिङ खोला नजिकै एक जोडीले आत्महत्या गरेका छन् । सोही नगरपालिका ६ निकासी अस्मिता सार्की र इश्वर भट्टराईले एकै रुखमा झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेका अनुसार बिहान उनीहरुले प्लाष्टिकको डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन् । कनाकाई नगरपालिका ७ स्थित विरिङ खोला नजिकै २३ वर्षिय अस्मिता र नजिकैका छिमेकी २५ वर्षिय भट्टराईले सिसौ रुखको हाँगामा झुण्डिएर एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । उनीहरुको शव झुण्डिएको अवस्थामा भेटिएको प्रहरीको जनाएको छ । प्रहरीले प्रेम सम्बन्धकै कारण यस्तो आवस्था आएको अनुमान गरेको छ । यद्धपि शवको पोस्टमार्टम भने हुन बाँकी छ । यही माघ २४ गते युवतीको विवाह हुने निश्चित भएको तथा उनको विवाहको लागि फूलमाला समेत तयार भएको पारिवारिक स्रोतको दाबी छ । यता भट्टराई ट्याक्टर चलाउँदै आएका थिए । उनीहरुको आत्महत्यापछि समाजका त्रासदी छ ।

0 Comments

Related Reports