Locals of Raghunathpur, Dhanusha halted highway from 11 to 11:45 am on Thursday morning warning to boycott election. Thousands of locals on tractor, bus and motorcycle had rally near Portaha Police Chowk also chanting slogans to retain rural municipality status of Raghunathpur and obstructing road to pressurize government. The agitated locals have demanded for the rural municipality status of Raghunathpur. Forming Raghunathpur Rural Municipality Protection Struggle Committee warned to continue the agitation if the decision is not corrected. In street protest, leaders of Congress, Maiost, Madhesi Parties as well as local level leaders and activists demonstrated with flags. Coordinator of the Committee, Deep Narayan Das warned to boycott election if Raghunathpur is not given Village Council status . The program was addressed by the leaders like Sanjay Singh of Sadbhawana Party and others.
धनुषाको रघुनाथपुरवासीहरुले बिहिबार निर्वाचन बहिष्कार गर्ने भन्दै आधा घण्टा बढी समयसम्म राजमार्ग अवरुद्ध पारेका छन् ।
ट्याक्टर, बस तथा मोटरसाइकलमा हजारौँको संख्यामा आएका रघुनाथपुरवासीहरुले पोर्ताहा प्रहरी चौकी नजिक बिहिबार ११ बजेदेखि ११ ः ४५ बजेसम्म नारा जुलुस प्रदर्शन गर्दै सडक जाम गरेका थिए । “हामी नगरपालिकामा जाँदैनौ, रघुनाथपुरलाई गाउँपालिका कायम गर”, नाराका साथ राजनीतिक दलका प्रतिनिधीहरु, महिलाहरु लगायतले सडक अवरुद्ध गरी दबाब सृजना गरेका थिए । स्थानीय निकायको चुनावलाई मध्य नजर गरी नेपाल सरकारले नगरपालिका तथा गाउँपालिका कायम गरेको छ । सोही अन्र्तगत ६ हजारको जनसंख्या रहेको सबैलालाई नगरपालिकामा कायम गरेको छ । तर १४ हजारभन्दा बढी जनसंख्या रघुनाथपुरको रहेकोले आफूहरुप्रति राज्यले विभेद गरेको भन्दै रघुनाथपुरबासीहरु गाउँपालिकाको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।
रघुनाथपुरवासीहरु “गविस रघुनाथपुर बचाउ संघर्ष समिति” गठन गरी राज्यले गल्ती नसच्याएमा आन्दोलन निरन्तररुपमा जारी रहने ठोकुवा गरेका छन् । सडक जाम कार्यक्रममा काँग्रेस, माओवादी , मधेशवादी दललगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुले झण्डा बोकेर प्रदर्शन गरेका थिए । संघर्ष समितिका संयोजक दीपनारायण दासले राज्यले रघुनाथपुरलाई गाउँपालिका नबनाएमा रघुनाथपुरबासी निर्वाचनमा नजाने बरु निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कार्यक्रमा सद् भावना नेता संजय सिंह लगायत सबै दलले आफ् ना धारणा राखेका थिए ।