Incident Reports

रघुनाथपुरवासीहरुद्वारा सडक जाम गरी प्रदर्शन

2017-03-30

Madhes, Dhanusha, Dhanusadham

धनुषाको रघुनाथपुरवासीहरुले बिहिबार निर्वाचन बहिष्कार गर्ने भन्दै आधा घण्टा बढी समयसम्म राजमार्ग अवरुद्ध पारेका छन् । ट्याक्टर, बस तथा मोटरसाइकलमा हजारौँको संख्यामा आएका रघुनाथपुरवासीहरुले पोर्ताहा प्रहरी चौकी नजिक बिहिबार ११ बजेदेखि ११ ः ४५ बजेसम्म नारा जुलुस प्रदर्शन गर्दै सडक जाम गरेका थिए । “हामी नगरपालिकामा जाँदैनौ, रघुनाथपुरलाई गाउँपालिका कायम गर”, नाराका साथ राजनीतिक दलका प्रतिनिधीहरु, महिलाहरु लगायतले सडक अवरुद्ध गरी दबाब सृजना गरेका थिए । स्थानीय निकायको चुनावलाई मध्य नजर गरी नेपाल सरकारले नगरपालिका तथा गाउँपालिका कायम गरेको छ । सोही अन्र्तगत ६ हजारको जनसंख्या रहेको सबैलालाई नगरपालिकामा कायम गरेको छ । तर १४ हजारभन्दा बढी जनसंख्या रघुनाथपुरको रहेकोले आफूहरुप्रति राज्यले विभेद गरेको भन्दै रघुनाथपुरबासीहरु गाउँपालिकाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । रघुनाथपुरवासीहरु “गविस रघुनाथपुर बचाउ संघर्ष समिति” गठन गरी राज्यले गल्ती नसच्याएमा आन्दोलन निरन्तररुपमा जारी रहने ठोकुवा गरेका छन् । सडक जाम कार्यक्रममा काँग्रेस, माओवादी , मधेशवादी दललगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुले झण्डा बोकेर प्रदर्शन गरेका थिए । संघर्ष समितिका संयोजक दीपनारायण दासले राज्यले रघुनाथपुरलाई गाउँपालिका नबनाएमा रघुनाथपुरबासी निर्वाचनमा नजाने बरु निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कार्यक्रमा सद् भावना नेता संजय सिंह लगायत सबै दलले आफ् ना धारणा राखेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis