Incident Reports

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

2018-03-27

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 2

जातीय विभेद गरेको आरोपमा पुनर्वास नपा-६ का बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीले चैत १२ गते गिरफ्तार गरेको छ । पुनर्वास नपा-६ स्थित चोकमा रहेको मन्दिरमा शिवरात्रीका दिन पुजाको विषयमा जातीय विभेद गरेको आरोपमा स्थानीय धनबहादुर बिक र टेकबहादुर बिकले गत फागुन १५ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित पण्डित बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका इन्स्पेक्टर हिरेन्द्रबहादुर रोकायाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
INSEC

0 Comments