Incident Reports

Ostracized on charge of inter caste marriage

2018-04-23

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 6

Suresh Nath, 24 of Dashrathchand Municipality-6, Bagchana and 22 years old Radhika Aujhi were ostracized from the village after the family members knew that they had an inter cast marriage. At present they are living in district headquarter. The couple married a year ago and family did not know about their marriage. Later on, the family member knew about their inter cast marriage while applying for citizenship of Radhika, Suresh Nath said that they had to displace in headquarter from the village after the family knew that that the woman is dalit. दशरथचन्द नगरपालिका- ६ बगछनाका २४ वर्षीय सुरेश नाथ र अछामको मङ्गलसेन नगरपालिका-७ लाछिमनाकी २२ वर्षीया राधिका औझीले अन्तरजातीय विवाह गरेको थाहा पाएपछि परिवारले परिवारबाट र गाउँलेले गाँउबाट विस्थापित गराएका छन् । उनीहरू अहिले सदरमुकाममा बस्दै आएका छन् । ०७३ वैशाख २० गते विवाह गरेका उनीहरूले यस भन्दा अगाडि अन्तरजातीय विवाहको बारेमा परिवारलाई बताएका थिएनन् । राधिकाको नागरिकता बनाउन माइती पक्षको नागरिकता आवश्यक पर्ने भएपछि राधिका दलित भएको परिवारले ‘थाहा’ पाएका थिए । परिवारले दलित भनेर थाहा पाएपछि आफूहरू गाँउबाट विस्थापित भएर सदरमुकाममा बस्दै आएको पीडित सुरेस नाथले बताए । ‘पहिला त बताएका थिएनौँ । तर, उनको (पत्नीतिर देखाउँदै) नागरिकता बनाउँदा बुवाको नागरिकता पनि चाहिने भएकाले परिवारले थाहा पाए ।’-नाथले भने । विगत १५ दिनदेखि होलमा बस्दा आफूहरूलाई निकै समस्या परेको पीडितको गुनासो छ । अन्तरजातीय विवाह गरेपछि नेपाल सरकारले दिने गरेको प्रोत्साहन रकम समेत आफूहरूले नपाएको उनीहरूको गुनासो छ । परिवारले दलितको छोरी छोड भन्ने दबाव दिइरहेको नाथको गुनासो छ । नाथ दम्पतिकी ५ महिने एक छोरी छिन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments