Incident Reports

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

2019-01-16

Sudurpashchim, Kailali, Dhangadhi, Ward 13

धनगढी उमनपा–१३ बरबट्टाकी १४ वर्षीया विनिता नेपाली र २२ वर्षीय मदन नेपालीलाई माघ १ गते अपशव्द बोल्दै जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका २४ वर्षीय विशाल चौधरीलाई माघ २ गते गिरफ्तार गरेको छ ।

विशाल चौधरीले सञ्चालन गर्दै आएको खाजा पसलमा खाजा खाना जाँदा आरोपित विशाल चौधरीले अपशब्द प्रयोग गर्दै दलितले खाजा खाना आउन नहुने भन्दै गालीगलौज गर्नुका साथै हातपातसमेत गरको पीडित मदन नेपालीले आरोप लगाए ।

पीडितले आरोपितविरूद्ध माघ २ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी गरेपछि सोही दिन नै प्रहरीले आरोपित चौधरीलाई गिरफ्तार गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्दबहादुर खडकाले बताए ।

रविना चौधरी


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports