Incident Reports

दलित महिलामाथि निर्घात कुटपिट

2020-04-19

Lumbini, Kapilbastu, Mayadevi, Ward 1

कपिलवस्तु - मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ। पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा कुटपिट गरेका हुन्।

सडकमा धुलो उडेपछि पानी छर्किने विषयमा विवाद हुँदा  आफूलाई पकडीका  सानाहे यादव,  हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाहीले कुटपिट गरेको पीडित पासीले बताइन्। यही वैशाख ७ गते  दिउँसो हावा चलेको बेला सडकको धुलो उडेपछि पासीले बाटामा पानी छर्किँदा  तल्लो जातले पानी छर्किनु हुँदैन भन्दै यादव परिवारले अनितालाई कुटपिट गरेको थियो। 

एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सो विषयमा उजूरी दिएकी छिन्। घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए जातीय छुवाछूत कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिए। रासस

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Kaski

0 Comments

Related Reports