Incident Reports

पानी वितरणमा नियमितताको माग गर्दै पत्रकारको धर्ना

2020-08-09

Lumbini, Palpa, Tansen


न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्ला सदमुकाममा वितरण गरिने खानेपानी नियमित होस भन्ने माग राख्दै पत्रकार जगदिश भट्टराइले आइतवार एक घण्टा शान्तिपूर्ण धर्ना दिनु भएको छ । तानसेनको बतासेडाँडा क्षेत्र र आम उपभोक्ताका धारामा पनी नियमित आउनु पर्ने माग गर्दे तानसेन खानेपानी उपभोक्ता समितीको कार्यालयमा पहिलो दिन आइतवार सांकेतिक रुपमा धर्ना वसेको र समस्याको समाधान नभए सम्म धर्ना नियमित रुपमा चलिरहने भट्टराइले वताउनु भएको छ ।

उहाले यस विषयमा पटकपटक सम्वन्धित निकायको ध्यानकर्षण गराउदा पनि सुनुवाइ नभएकाले धर्ना दिनु परेको वताउनु भएको छ । शान्तिपूर्ण धर्नामा पत्रकार मानवअधिकारकर्मी र सर्वसाधारणले एैक्यवद्धता जनाएका छन । पाल्पाा जिल्ला सदरमुकाम तानसेनमा वाहेै महिना जसो खानेपानीको समस्या हुने गर्दछ अहिले वर्षातको वेलामा पनि यहा ३÷४ दिन विराएर एकघण्टा मात्रै पानी आउने गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments