Incident Reports

जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2020-09-23

Lumbini, Rupandehi, Butwal

२० वर्षीया महिलालाई जातीय विभेद गरेको अरोपमा प्रहरीले पति २१ वर्षीय शम्सेरबहादुर खत्री, ५५ वर्षीय चित्रबहादुर खत्री,दिदीहरु ३५ वर्षीया देवी खत्री भण्डारी र २७ वर्षीया कमला खत्री विरूद्ध असोज ८ गते उजुरी दर्ता गरेको छ ।

प्रेम विवाह गरेका आरोपितले साउन १४ गते दुई महिनाको गर्भपतन गराउनुको साथै भदौ ३० गते पानी नचल्ने कथित तल्लो जात भन्दै  गाली गलौज गरेको भन्दै  पीडित महिलाले असोज ७ गते जिल्ला प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको थियो ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितहरू विरूद्ध जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ बमोजिम कारबाही अगाडि बढाइएको र आरोपितहरु फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports