Incident Reports

डा केसीको समर्थनमा विवेकशील नेपालीको प्रदर्शन : ‘दूरदराजमा मेडिकल सुविधा खोइ?’

2020-10-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा विवेकशील नेपाली दलले प्रदर्शन गरेको छ। डा केसीका माग पूरा गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै विवेकशीलले शुक्रवार माइतीघरमा प्रर्दशन गरेको हो।

चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा डा केसीले गत भदौ २९ गते जुम्लाबाट १९ औँ अनशन शुरु गरेका थिए। उनले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका छन्।

उनले निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा विभिन्न विकट जिल्लामा अस्पताल र मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायत माग राखेका छन्।

प्रा डा केसीको समर्थनमा विभिन्न पक्षबाट दिनहुँजसो प्रदर्शन भइरहेको छ। मागका विषयमा सहमति जुटाउन सरकारी पक्ष र डा केसीका प्रतिनिधिबीच बिहीवार वार्ता भएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments