Incident Reports

जातीय विभेद गरी कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

2021-05-24

Bagmati, Chitawan, Rapti, Ward 9

राप्ती नगरपालिका–९ मिलनबजारमा सोही ठाउँकी २६ वर्षीय अमृत परियारलाई स्थानीय सेते श्रेष्ठले जातीय विभेद गरी कुटपिट गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ ।बाटोमा हिँड्ने क्रममा अमृतको आमालाई जेठ १० गते आरोपितले जातीय विभेदजन्य गाली गलौज गरेको र त्यसपछि आमालाई लिन पुगेका अमृतलाई आरोपितले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।

कुटपिटबाट अमृतको दाहिने हातको कुम नजिकको हड्डी भाँचएिको छ । घाइतेको उपचार भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा भइहेको कल्पनाले जानकारी दिनुभयो । प्रहरीमा उजुरी परेपनि आरोपित गिरफ्तार नभएका पीडित पक्षले जनायो ।

दिपेन्द्र अधिकारी

----update (जेष्ठ १५, २०७८)

चितवन — ऋणको विषयमा झगडा हुँदा चितवनको राप्ती नगरपालिका–९ का अमृत परियार कुटिएका छन् । २६ वर्षीय अमृतले ऋणको विषयमा भनाभन हुँदा स्थानीय सेते श्रेष्ठ र चिनीमायाका छोरा राजकुमारले कुटेको र दाहिने काँधको हड्डीमा चोट पुगेको बताए । उनको परिवारले श्रेष्ठ परिवारबाट ऋण लिएको थियो ।

अमृतकी आमा कल्पना र चिनीमायाबीच सोमबार भनाभन भएको हो । हिसाब कितावको प्रसंग मात्रै हैन जात तोकेर गालीगलौज भएपछि अमृत पनि प्रतिवादमा उत्रिएका थिए । ‘श्रीमान् बितेको एकल महिलालाई गाली गर्दा केके तुच्छ शब्द भन्छन् त्यो सबै भनिन् । अनि दलित समुदायको व्यक्तिलाई गाली गर्दा केके नराम्रो शब्द भन्छन्, त्यो पनि भनिन् । सोमबार साँझ अति नै भयो,’ अमृतले सुनाए ।भनाभनपछि चिनीमायाका छोरा राजकुमार आएर आफूलाई हातपात गरेको अमृत बताउँछन् । ‘उपचारका लागि अस्पतालमा २९ हजार रुपैयाँ खर्च भयो । हामीलाई दलित भनेर हेपेर सुन्नै नसकिने, सार्वजनिक ठाउँमा भन्न पनि नमिल्ने विभिन्न शब्दहरूले गाली गरियो,’ अमृतले भने ।

अमृतकी बहिनी पूजाका अनुसार उनीहरूले सेते श्रेष्ठसँग ७५ सालको मंसिर नौ गते ३ लाख रुपैयाँ ऋण लिएका थिए । गएको चैत महिनाको चार गते ८ लाख ६० हजार रुपैयाँ दिएर हरहिसाब टुंग्याएको पूजाले बताइन् । श्रेष्ठले आफूहरूले नलिएको २ लाख रुपैयाँ ऋण पनि जोडेर मर्का पारेको उनको भनाइ छ ।

‘उनीहरूले लगेको पैसाको सबै लिखत र हिसाब छ । हिसाबमा तिर्नुपर्ने ९ लाख रुपैयाँभन्दा बढी देखिन्छ । तर उनीहरूकै कुरा मानेर ८ लाख ६० हजारमा हिसाब मिलाएको हो । तर पनि कल्पनाले हाम्रो परिवारलाई भन्नु नभन्नु भनेको गाउँलेहरूले सुनाउँछन्,’ चिनीमायाका छोरा राजकुमारले भने । सोमबार साँझ आफूले अमृतलाई एक झापड मात्रै हानेको राजकुमार स्वीकार गर्दछन् । हात दुख्यो भनेपछि आफूले नै अस्पताल पठाएको र सबै खर्च बेहोरेको राजकुमारले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports