Incident Reports

चोरी आरोपमा कुटाइ खाएकी दलित गर्भवती महिलाले गुमाइन् मानसिक सन्तुलन

2021-06-17

Province 1, Morang, Kanepokhari, Ward 5

मोबाइलको सिम चोरी गरेको झुटो आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवती दलित महिलाले मानसिक सन्तुलन गुमाएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी देवीका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा तीन महिनाको गर्भवती २५ वर्षीय शोभादर्जीले मानसिक सन्तुलन गुमाएकी हुन् । कुटपिटपछि कडा खाले मानसिक रोगी बनेकी शोभाको हाल सुनसरीको धरान स्थित बिपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ ।

छिमेकीको मरणासन्न कुटपिटबाट मानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने र उपचारका लागि धामी झाँक्री लगाउने गरेको थियो । तर, औषधी सेवन गर्नुपर्ने दिमागी रोग भएकोले धाम झाँक्रीले उनको रोग निको पार्न सकेनन् । 

रोग बल्झिँदै गएपछि उनी झन् बिरामी भइन् । मानसिक रोगी शोभाले दिन प्रतिदिन छिमेकी मगर परिवारलाई जथाभाबी गालीगलौज गर्दै हिँड्न थालिन् । गाउँलेहरूले बौलाइले गाउँमा दुःख दिन थालेको भन्दै उल्टो आरोप लगाउन थालेपछि परिवारले उनलाई बाँधेर राख्न थाल्यो । तर पनि उनको व्यवहारमा सुधार नभएपछि वडा अध्यक्षको सहयोगमा उनलाई उपचारका लागि १० दिन अघि अस्पताल भर्ना गरिएको बुबा हर्कबहादुर दर्जीले बताए ।अस्पताल भर्ना भएर उपचार गराइरहेकी शोभाको स्वास्थ्यमा अझै सुधार आई नसकेको र उनी तीन महिनाको गर्भवती समेत रहेको चिकित्सकहरूले जानकारी दिएको श्रीमान् उमेश तामाङले बताए । श्रीमान् उमेशका अनुसार गर्भवती भएकोले रोगको हिस्ट्री पत्ता लगाउन चिकित्सकहरूले शोभाको सिटी स्क्यान गराउन सकेका छैनन् ।

उमेश तामाङसँग अन्तर्जातीय विवाह गरेकी शोभाको ७ वर्षीय एक छोरी छन् । उनीहरू पनि नजिकै रहेको चिसाङ खोलामागिट्टी कुटेर जिविको पार्जन गर्ने गर्दथे । 

...

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी – इन्सेक

कानेपोखरी गाउँपालिका–५ चिसाङबस्तीकी २५ वर्षीया शोभा दर्जीलाई कुटपीट गरेको आरोपमा पीडित पक्षले घटनाका आरोपितविरूद्ध असार ४ गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी उजुरी दिएको छ ।

तीन महिनाकी गर्भवती रहेकी छोरीलाई मोबाइल फोनको सिम चोरी गरेको झुटो आरोपमा कानेपोखरी गाउँपालिका–५ की ३६ वर्षीया विन्दा मगर र ३४ वर्षीया पुष्पा मगरले कुटपिट गरेको पीडितका बुवा ६९ बर्षीय हर्कबहादुर दर्जीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा बताउनुभयो ।

कुटपिटपछि छोरीमा मनोसामाजिक समस्या देखा परेको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार गराएको पीडितका बाबुको भनाइ छ ।

पीडित पक्षले घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालयमा किटानी उजुरी दिएको इलाका प्रहरी कार्यालय पथरीमा डिएसपी कृष्ण खड्काले बताउनु भयो । उहाँले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।

ज्यामी काम गरेर जीवन निर्वाह गर्दै आएको परिवारले उपचारमा समस्या भएको भन्दै वडा कार्यालयमा निवेदन दिएपछि १५ हजार रुपियाँ र अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्स उपलब्ध गराएको कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङले बताउनु भयो ।

पीडित पक्षले घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि मात्र कुटपिट भएको विषयमा आफूलाई जानकारी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports