Incident Reports

बुवाको अन्तर्वार्ताको टिप्पणी गर्दा वडा अध्यक्षका छोराले गरे युवामाथि कुटपिट

2021-06-22

Karnali, Jumla, Sinja, Ward 6

जुम्लाको सिंजा गाउँपालिका–६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट गरेका छन्। यातायात, खानेपानी लगायतका विषयमा वडाअध्यक्ष कालीबहादुर बुढाले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तवार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले उनीमाथि कुटपिट गरेका छन्।‘मैंले उहाँले दिएको अन्तवार्तामा केही झुटा कुरा पनि सुनिएकाले ती झुटा कुरालाई औंल्याएर टिप्पणी गरेको हुँ, यही विषयमा वडा अध्यक्षले मलाई फोनमा गालीगलौज र धम्की पनि दिनुभएको थियो,’ पीडित विवेन्द्र नेपालीले भने, ‘यसै विषयमा छलफल गर्न आउनू पनि भन्नुभयो, म कार्यकक्षमा गएर कुरा गरिरहेका बेला उहाँको छोरा आएर मलाई पिट्नुभयो।’

वडा‍ध्यक्ष बुढाले आफ्नो अन्तर्वातामा गरिएको टिप्पणीको बारेमा छलफल गर्न असार ८ गते दिउँसो ४ बजे आफ्नो कार्यकक्षमा बोलाएका थिए। कार्यकक्षमा पुग्दा पनि वडाअध्यक्षले आफूलाई होच्याएर कुरा गरिरहेको पीडित नेपालीले बताए।

छलफल चलिरहेकै बेलामा वडाअध्यक्षका छोरा नवीन आएर विभेदजन्य गालीगलौज गर्दै गालामा थप्पड हानेको उनले बताए।

उनले त्यसक्रममा आफूमाथि ‘डूम’ शब्द प्रयोग गरेको विवेन्द्रले जाहेरीमा उल्लेख गरेका छन्। ‘सरोकारसमेत नरहेको व्यक्ति आएर ‘तँ सार्की हलुडा बेची खाने डुम, तँ को होस्? जे गर्छस् गर्’ भन्दै एक्कासी म बसिरहेको ठाउँमा आएर आफ्नो हातले दुई चोटि मेरो गालामा हानी गर्धन निमोठी गर्धनमा समेत दुई चोटि हानेका हुन्,’ उनले प्रहरीमा दर्ता गर्न तयार पारेको जाहेरीमा उल्लेख गरेका छन्।

आफूमाथि भएको जातीय विभेदजन्य व्यवहार र कुटपिटको विषयमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न नमानेको पीडित विवेन्द्रले बताए।

‘म प्रहरीमा जाहेरी लिएर गएँ, प्रहरीले पहिले हामी छलफल गराउँछौं। त्यसपछि दर्ता गराउने/नगराउने विषयमा हेरौंला भन्नुभयो,’ उनले सेतोपाटीसँग भने, ‘मैंले जाहेरी दर्ता नगर्नुको कारण सोधेपछि उहाँहरुले जुन निकायमा जानुहुन्छ जानुस् भन्नुभयो, त्यसपछि मैंले राष्ट्रिय दलित आयोगमा निवेदन दिएको छु।’

उनले बुधवार जिल्ला प्रहरीमा जाहेरी लिएर गएका थिए। प्रहरीले दर्ता नगरेपछि बुधवार नै उनले दलित आयोगमा निवेदन गरेका हुन्।जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि पहिले आधिकारिकता बुझेर मात्र जाहेरी दर्ता गर्ने बताएको छ। ‘हामीले वडा अध्यक्षलाई पनि बोलाएका छौं, सिंजाबाट पनि आधिकारिक कुरा बुझ्नुपर्‍यो,’ कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीले भने, ‘त्यसपछि उहाँको जाहेरी दर्ता गर्छौं।’

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८, १०:३०:००


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Public humiliation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports