Incident Reports

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप – इन्सेक

2021-07-25

Province 1, Morang, Pathari Shanishchare, Ward 4

पथरीशनिश्चरे नगरपालिका–४ महेन्द्र चौककी ४२ वर्षीया वर्षा दर्जीले आफूलाई कुटपिट गर्नेहरू विरूद्ध प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी नलिएको आरोप लगाउनु भएको छ ।

पीडितले आफ्नो सिमानामा पर्ने खेतमा साउन ६ गते  घाँस काटिरहेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका–४ का ४२ वर्षीय डिल्लीराम नेपाल र उहाँकी ३६ वर्षीया पत्नी हेमा नेपालले “डुम्री” किन अर्काको खेतको घाँस काट्छेस भन्दै आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेर हिलोमा गाडेको बताउनु भयो । पीडितले कुटपिट गर्ने दम्पतीविरूद्ध आफूले साउन ६ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपनि प्रहरीले आरोपितविरूद्ध उजुरी नलिएको बताउनु भयो ।

घटनाका आरोपित डिल्लीराम नेपाल र उहाँकी पत्नीले घाँस काटेको विषयमा वर्षासँग भनाभन भएको भएपनि आफूहरूले कुटपिट नगरेको विषयमा प्रहरीलाई जानकारी दिएकाले आरोपितहरू विरूद्धको उजुरी तत्काल नलिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्क बताउनु भयो ।

आरोपितद्वयले साउन ६ गते वर्षासँग भनाभन भएको र काटेको घाँस खोस्ने १ लाख ५० हजार रुपियाँ बराबरको सुनका गहना हराएको र सो आर्थिक क्षति वर्षाले तिर्नुपर्ने माग गर्दै आरोपितले वर्षाविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि घटनाको वास्तविकता बुझेपछि मात्र पीडित र आरोपित पक्षको उजुरी लिने डिएसपी खड्काले बताउनु भयो ।

पथरीशनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष गोविन्द भण्डारीले वर्षालाई मरणासन्न हुने गरी कुटपिट भएकाले पीडितले प्रहरीमा दिएको उजुरी दर्ता गरी दोषीलाई कारबाही गर्न आवश्यक रहेको बताउनु भयो । वडाध्यक्ष भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो,‘ पीडित महिलामाथि छिमेकीबाट अत्याचार भएको हो ।’ पथरीशनिश्चरे नगरपालिकास्थित मोरङ अस्पतालमा पीडितको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports