Incident Reports

मकवानपुरगढीका विक परिवार न्याय खोज्दै भन्छन् ‘छोरालाई कुटिकुटि मारे अनि झुण्डाएर आत्महत्या गर्यो भने’ - Khabar Break

2021-09-04

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 3

हेटौंडा । मकवानपुरमा एक परिवार आफ्नो छोरो कुटिएर मारिएको भन्दै छोरोको आत्मको शान्तिको लागि न्यायको माग गरिरहेका छन् ।

जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ को मकरानडाँडामा गएको भदौ १९ गते शनिबार स्थानीय २१ वर्षीय रमेश विकले आत्महत्या गरेर ज्यान फालेको मकवानपुर प्रहरीले बताए पनि परिवारले घटनाको विषय नबुझि आत्महत्या भएको बताउँदै घटनालाई गुपचुप राखेको परिवारको आरोप रहेको छ ।

खबरब्रेकसंग कुरा गर्दै मृतकको आमा विकले आफ्नो परिवार न्यायको खोजिमा रहेको बताएकी छन् । ‘विगत २ वर्षदेखि जग्गा भाडामा लिएर काम आएका थियौ,भदौ १९ गते अपरान्ह ४ बजेको कुरा हो । छोरो मामाघर गएर घर आईपुगेको थियो । छिमेकी यादव पुडासैनीको परिवारले हामी बसेको ठाउँ आएर सोधपुछ गर्दै छोरालाई एकाएक धकेल्दै सडकमा लगेर कुट्न सुरु गरे । विकले भनिन्,विना कारण यादव पुडासैनी सहित उनका श्रिमती सरस्वती,छोराहरु राजेश र राजिवले हातले घाँटी निचोरे,लौरोले कुटिरहे,पेटमा हानिरहे। म रुन कराउन बाहेक केहि गर्न सकिन,उनिहरु ४ जना म एक जना । छोरोले रगत छाद्यो,शरिर भर चोटनै चोट ।

उनले आफुले घटनाको समयमा छोरालाई नकुट्नु केहि गल्ति भए प्रहरीलाई बुझाउन आग्रह गरेको बताईन् । उनले भनिन्ः मैले पुडासैनीको परिवारलाई भने म आमा हो,त्यसरि नपिटिदिनुस्,मेरो छोरोले गल्ति गरेकै भएपनि प्रहरी कहाँ बुझाईदिनुहोस् बोरु । नमार्नुहोस् मेरो छोरालाई भनेपछि उनिहरुले छोडिदिए । उनिहरुले छोडेपछि छोरो भागेर घर तिर लाग्यो ।

उनले छोरो घरतिर लागेपछि स्थानीय प्रहरी संगै आफु पनि घर तिरलागेको र त्यो भन्दा अघि पुडासैनीको परिवारले डोरी लगाएर लडाउने बताउँदै छोरोको पछि पछि लागेर घरतिर हिडेको बताईन् ।

उनले भनिन्ः म र प्रहरी संगै हामी बस्ने तर्फ जाँदै थियौ,पुडासैनीको परिवार डोरी लगाएर लडाउने कुरा गर्दै अघि बढेका थिए,म बिरामी थिए,छिटो हिड्न सकेको थिईन् । छोरा घर तिर लागेको १० मिनेटमै पुडासैनीको परिवारले तेरो छोरो झुण्डिएर मर्यो भन्दै मेरो अगाडी आईपुगे । प्रहरी पनि म संगै थिए । प्रहरीले मलाई मेरो छोरा भएको ठाउँमा जान दिएन । म जान्छु सर मेरो छोरोको घाँटीको फुकाउँछु भने, प्रहरीले रोकेर राख्यो । छोरालाई कुटिकुटि मारे अनि झुण्डाएर आत्महत्या गर्यो भने । त्यसपछि मलाई केहि थाहा भएन,बेहोस भए ।

उनले प्रहरी झगडाको विषयमा बुझ्न आएका थिए तर केहि सोधपुछ नगरि मृत छोरालाई लिएर जिल्ला बताईन् । उनले भनिन्ः जब जिल्ला आयौ प्रहरीले लाश जलाईहाल भन्यो । हामीले मानेनौ,नमानेपछि पोस्टमार्टम गरेर जलाउन भन्यौ,काम गर्न विदेश गएका बाबुले म नआई पोस्टमार्टम नगरि नजलाउन भनेको भनिराख्दा पनि प्रहरीले रोक्न मानेन । घटना लुकाउन हतार गर्यो । हामीलाई पिडा थप्यो । न्याय पाएनौ ।

उनले आफुहरु छोरोको आत्मको शान्तिको लागि न्याय माग गरिरहेको समेत बताईन् । उनले आफुहरुले प्रहरीमा पुडासैनीको परिवार विरुद्ध जाहेरी दिन गएको तर ४ दिनपछि मात्र प्रहरी जाहेरी लिएर बताईन् । उनले भनिन्ः प्रहरीले यादव सहित दुई छोराहरुलाई पक्राउ गर्योे । अदालत लग्यो । तर अदालतले धरौटीमा छोड्यो । न्यायलयले हामीलाई थप पिडा दियो ।

उनले आफ्नो छोरोको हत्यामा संलग्नहरुलाई कडा कारबाही हुनुपर्ने बताउँदै आफुहरुलाई सहयोग गर्न आग्रह गरिन् ।

रमेशका बाबु घटनाभएको ६ दिन पछि काम छोडेर साउदीबाट घर फर्किए । उनले यहाँ सबै मिलेर घटना गुपचुप राख्ने प्रयास गरिरहेको हाफुले बुझेको बताए । उनले भनेः विना कारण कुटपिट गरेर हाम्रो छोरा मारे । हामीलाई न्याय चाहियो,छोराको आत्मको शान्तिको लागि न्याय चाहियो । अपराधीलाई कारबाही गर्नै परो,पक्राउ गरेर कानून अनुसार सजाए हुनु परो,हामीलाई न्याय दिनुपरो । अपराधीलाई कारबाही हुनुपरो,सजाय हुनुपर्यो ।

यसैबिच,जिल्ला प्रहरी कार्यलय मकवानपुका प्रहरी प्रवक्ता जयश्वर रिमालले उक्त घटनालाई गम्भिर रुपमा हेरेको दाबी गरे । प्रहरी घटना स्थल पुग्दा शव झुण्डिएको अवस्थामा देखा परेको र स्थानीयहरु सोधपुछ गर्दा दुई जना बिच विवाद रहेको जानकारी आएको समेत बताए । उनले आत्महत्या दुरुत्साहनमा जाहेरी आएपछि स्थानीय यादव पुडासैनी सहित उनका छोराहरु राजेश र राजिव पुडासैनीलाई पक्राउ गरि अनुसन्धान गरेर जिल्ला आदालत बुझाईएको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports