Incident Reports

दलित संग विवाह गरेको भन्दै कुटपिट

2015-01-31

Bagmati, Nuwakot, Suryagadhi, Ward 5

नुवाकोट, माघ २० - दलित यूवासंग प्रेम विवाह गरेको निहुँमा माईती पक्षले एक महिलालाई कुटपिट गरेका छन् । चारघरे ८ की रजनी थापा मगरले कल्याणपुर ४ का २२ वर्षिय युवक लालवहादुर विक संग विवाह गरेको निहुमा उनलाई आमा रमा थापा मगर सहित दाजु सुसन र काका महेन्द्र लगायतले कुटपिट गरेका हुन् । शनिवार प्रेम विवाह गरेका रजनीलाई उनका आफन्तले घरमा पुगेर कुराकानी गर्नुछ पर हिड् भन्दै सोमवार कुटपिट गरेको पिडित रजनीले बताईन । माईती पक्षले पानी नचल्ने अछुत संग विवाह गरि माइतीको नाक कटाएको भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको शरिरका विभिन्न भागमा चोटलागेको छ । रजनीको त्रिशूली अस्पतालमा उपचार गरिएको छ । जात जातीका आधारमा विभेद देखाउदै कुटपिट गरेपछि पिडित महिलाले न्यायका लागी प्रहरीमा मंगलवार उजुरी दिएकी छिन । प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले महिलाको निवेदन पछि कारवाही प्रक्रिया अघि वढाईएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports