Incident Reports

प्रहरीसँग भएको भिडन्तमा एक हतियारधारीको मृत्यु

2015-02-14

सर्लाहीको पश्चिम दक्षिणमा पर्ने खैर्वा बहोरवामा प्रहरी र हतियारधारी बीच भएको भिडन्तमा एक हतियारधारीको मृत्यु भएको छ । प्रहरीको कारबाहीमा मृत्यु हुनेको पहिचान हुन सकेेको छैन । फागुन १ गते शुक्रबार अपरान्ह ४ बजे भएको भिडन्तमा प्रहरीको गोली लागेर गम्भीर घाइते हतियारधारीलाई उपचारका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा ल्याउदै गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रमुख एसपी सुरेश बस्नेतले बताए । बागमतीको ड्याम नजिकै प्रहरीको विशेष टोलीलाई लक्षित गरी हतियारधारीले गोली फायर गरेपछि भएको दोहोरो भिडन्तमा हतियारधारीको मृत्यु भएको बस्नेतले बताए । हतियारधारी समूहले प्रहरीलाई ताकेर दुई राउण्ड गोली प्रहार गरेपछि प्रहरीले प्रतिकारमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले चाइनिज पेस्तोल र नलकटुवा बन्दुक बरामद गरेको छ । बरामद भएको चाइनिज पेस्तोल सर्लाहीको हरबठवामा चार वर्षअघि ०६७ मङ्सिर १७ गते प्रहरी नायब निरीक्षक लवजङ्ग चौहानबाट लुटिएको प्रहरी उपरीक्षक बस्नेतले बताए । दोहारो भिडन्तमा प्रहरी जवानहरू सुरेन्द्र चौधरी र सञ्जिव झा घाइते भएका छन् । सन्तोषकुमार सिंह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Non-listed NSAG
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Killed 1
Total Injured 2
INSEC

0 Comments