Incident Reports

गैरदलितसँग बिहेपछि दलित परिवारलाई धम्की

2015-08-18

Province 1, Morang, Biratnagar, Ward 2

कथित उपल्लो जातिसँग बिहे गर्ने दलित युवाका परिवारले आफूहरूलाई युवतीको परिवारले जेल हाल्ने धम्की दिएको गुनासो गरेका छन् । केटीका बाबु र आफन्तले केटाका दिदी–भिनाजुलाई यस्तो धम्की दिएका हुन् । दुई हप्ताअघि राजघाट–८ का २२ वर्षीय सञ्जीव घतानीले सिजुवा दाम्राभिट्टाकी एलिसा खत्रीसँग प्रेमविवाह गरी घरबाट भागेका थिए । तर, केटी पक्षले केटाका दिदी ख्यामकुमारी र भिनाजु रामबहादुरविरुद्ध चेलीबेटी बेचबिखन गराएको भन्दै प्रहरीमा उजुरी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गराई दुई दिन इलाका प्रहरी सिजुवाको हिरासतमा राखेको थियो । प्रहरीको सर्वत्र आलोचना भएपछि उनीहरूलाई मंगलबार छाडिएको छ । तर, प्रहरी कार्यालयमा नै केटी पक्षले सात दिनभित्र केटाकेटी खोजेर हाजिर नगराए मुद्दा लगाउने धम्की दिए । प्रहरीले पनि एक हप्ताभित्र केटाकेटी खोजेर ल्याउनुपर्ने सहमति गराएको छ । केटीका बाबु लोकबहादुर खत्री र उनका आफन्तले ७ भदौभित्र दुवैलाई खोजेर ल्याउन धम्की दिएका हुन् । प्रहरीकै मिलेमतोमा आफूहरूलाई मानसिक यातना दिएको पीडित परिवारले जनाएको छ । केटाकी दिदी ख्यामकुमारी र भिनाजु रामबहादुर सिजुवा गाविसस्थित दाम्राभिट्टामा मोटरसाइकल ग्यारेज सञ्चालन गर्छन् । उनीहरूले लोकबहादुर खत्रीकै घरमा भाडा लिएर मोटरसाइकल ग्यारेज चलाएका हुन् । सोहीकारण लोकबहादुरले केटी भगाएको आरोप लगाएको रामबहादुरले बताए । राजघाटका सञ्जीव घतानी पनि त्यही दिदी–भिनाजुकै ग्यारेजमा बसेर काम सिक्दै थिए । काम गर्ने क्रममा घरधनीकी छोरी एलिसा र सञ्जीवको मायाप्रेम बसेको थियो । उनीहरू साउन दास्रो साता बिहे गर्न घरबाट भागेका थिए । ‘केटा र केटी एकअर्कालाई मनपराउँदा रहेछन्, अब उनीहरू भागेर कहाँ गए हामीले कसरी थाहा पाउनु र खोजेर ल्याउनु ?’ भिनाजु रामबहादुरले भने । झुटो आरोपमा प्रहरी हिरासतमा समेत थुनिएका उनीहरू हाल सात दिनको म्यादभित्र केटाकेटी फेला नपरेमा सधैँका लागि जेल जानुपर्ने त्रासमा छन् । घटनाबारे जानकारी पाएपछि दलित कल्याण संघ मोरङका कार्यक्रम संयोजक अमर बराइली र राष्ट्रिय दलित अयोग मानवअधिकार रक्षक किरण बराइली घटना अध्ययनका लागि ३२ साउनमा सिजुवा पुगेका थिए । तर, दर्जनौँ गाउँलेले आफूहरूलाई पनि जातीय गाली–गलौज गर्दै अपमान गरेको अमरले बताए । इप्रका सिजुवाका इन्स्पेक्टर बाबुराम पोखरेलले दलित केटा र गैरदलित समुदायकी केटी विवाह गरेर गएको र उनीहरूको खोजीका लागि केटाका दिदी–भिनाजुलाई अप्रत्यक्ष दबाब दिएको बताए । उनले भने, ‘प्रहरीले कुनै मुद्दा लगाएको छैन र लगाउँदैन, केटा र केटीका आफन्तले छलफल गरेर त्यस्तो सहमति बनाएका हुन् ।’ उनका अनुसार केटीको बिहे गर्ने उमेर नपुगेको भन्दै आफन्तले चेलीबेटी बेचबिखन र अपहरणमा मुद्दा दर्ता गराउन प्रहरीलाई दबाब दिइरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments