6 persons were injured during a clash between two groups in Jhunkhuwa VDC on Friday, August 5. Of the injured, 2 are said to be in critical condition.
The clash occurred after Jarnail Miya's goat reportedly got into the paddy field of his neighbour Ramakanta Baitha and grazed on the paddy. 6 persons, all, from Jarnail's side were injured during the clash on Friday evening. Baitha's side reportedly used weapons including sticks, khukuri and other domestic weapons to attack Jarnail and his group.
The injured have been identified as Jarnail Miya, Mokadam Miya, Ojair Alam, Johara Khatun, Marchhiya Khatun among others. All the injured are being treated at District hospital.
Doctor Prabin Jha of district hospital informed that most of the victims had sustained injuries and cuts on their heads. Police is looking into the incident.
बाख्राले धान खाएको निहुमा रौतहटको झुनखुन्वा गाविसमा दुईपक्षबीच झडप हुँदा छ जना घाइते भएका छन् । घाइते मध्ये दुइजनाको अवस्था गम्भिर रहेको छ।
स्थानीय रामाकान्त बैठाले लगाएको धान खेतमा छिमेकी जरनैल मियाको बाखा्र धानवाली चरन गरेको विषयमा बादविवाद भएर दुइपक्ष बीच झडपहुँदा वैठाको कुटाइवाट जनरनइल पक्षका दुइ महिला सहित छ जना घाइते भएका हुन्।
शुक्रवार वेलुकी साढे छ बजेको समयमा भएको झडपमा जरनइल मिया, मोकदम मिया, ओजैर आलम, जोहरा खातुन, मरछिया खातुन लगायतका घाइते भएका छन । घाइते मध्ये जरनइ र मरछियाको अवस्था गम्भिर छ । सवैजनाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
वैठापक्षले लाठी, भाटा, खुकुरी लायतका घरेलु हतियार प्रहार गरेको कारण अधिकाँश घाइतेको टाउकोमा गहिरो घाउ लागेको अस्पतालमा अकस्मिक कक्षका चिकित्सक प्रवीण झाले बताए । घटनावारे जानकारी पाए लगतै प्रहरी परिचालन गरि घाइते सवैलाई उद्धार गरेर अस्पतालमा पुरयाएको र घटनाका अभियुक्तहरु फरार भएकोले उनिहरुको खोजिकार्य भइरहेको प्रहरी प्रबक्ता डिएसपि नविन कृष्ण भण्डारीले बताए।