Incident Reports

बाख्राले धान खाएको निहुँमा झगडा हुँदा छ घाइते

2016-08-05

Madhes, Rautahat, Gaur

बाख्राले धान खाएको निहुमा रौतहटको झुनखुन्वा गाविसमा दुईपक्षबीच झडप हुँदा छ जना घाइते भएका छन् । घाइते मध्ये दुइजनाको अवस्था गम्भिर रहेको छ। स्थानीय रामाकान्त बैठाले लगाएको धान खेतमा छिमेकी जरनैल मियाको बाखा्र धानवाली चरन गरेको विषयमा बादविवाद भएर दुइपक्ष बीच झडपहुँदा वैठाको कुटाइवाट जनरनइल पक्षका दुइ महिला सहित छ जना घाइते भएका हुन्। शुक्रवार वेलुकी साढे छ बजेको समयमा भएको झडपमा जरनइल मिया, मोकदम मिया, ओजैर आलम, जोहरा खातुन, मरछिया खातुन लगायतका घाइते भएका छन । घाइते मध्ये जरनइ र मरछियाको अवस्था गम्भिर छ । सवैजनाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैठापक्षले लाठी, भाटा, खुकुरी लायतका घरेलु हतियार प्रहार गरेको कारण अधिकाँश घाइतेको टाउकोमा गहिरो घाउ लागेको अस्पतालमा अकस्मिक कक्षका चिकित्सक प्रवीण झाले बताए । घटनावारे जानकारी पाए लगतै प्रहरी परिचालन गरि घाइते सवैलाई उद्धार गरेर अस्पतालमा पुरयाएको र घटनाका अभियुक्तहरु फरार भएकोले उनिहरुको खोजिकार्य भइरहेको प्रहरी प्रबक्ता डिएसपि नविन कृष्ण भण्डारीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Fight
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Other economic issues
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
Female Injured 2

0 Comments