Incident Reports

जग्गाधनी पूर्जा नभएका माझीबस्तीका २६ घर परिवार राहतबाट वञ्चित ।

2016-08-31

Bagmati, Sindhupalchok, Melamchi

मेलम्ची नपा-१२ शिखरपुरको सञ्जेलटारस्थित माझीबस्तीका २६ घर परिवारले आफ्नो नाममा जग्गाधनी पूर्जा नहुँदा भूकम्पले भत्काएको घर पुनःनिर्माणको लागि सरकारले दिने भनिएको अनुदान रकमको सम्झौता गर्नबाट वञ्चित भएका छन् । नवलपुर गाविसस्थित राजेन्द्रमान ताल्चाभडेल र कपिल श्रेष्ठलगायतको नाममा रहेको सो सञ्जेलटारको जग्गामा विगत ६५ वर्षअघिदेखि माझीहरूले भोगचलन गर्दै आएका छन् । ०४५/४६ सालतिर मोहियानी हक पाउन माझीहरूले जिल्ला भूमिसुधार कार्यालयमा निवेदनसमेत दिएको स्थनीय मुना माझीले बताइन् । उनका अनुसार त्यतिखेरको समयमा माझीहरूलाई कानुनको कुनै जानकारी नभएको र जिल्लामा पुग्न पहुँचसमेत नभएकाले मोहियानी हक पनि पाएनन् । रहत पाउन एउटा बस्ती नै सम्झौताबाट विमुख भएको घटनाबारे पुनःनिर्माण प्राधिकरण जिल्ला सम्पर्क कार्यालयमा सम्पर्क गर्दा माझी बस्तीका कोही कसैसँग आफ्नो नाममा जग्गाधनी पुर्जा नभएकाले सम्झौता गर्न छुटेको पुनःनिर्माण प्राधिकरण जिल्ला संयोजक भुवनेश्वर लामिछानेले बताए । उनले यस्ता घटनालाई केन्द्रीय स्तरबाटै सम्बोधन हुनुपर्ने बताए । ‘बाँझो जग्गा खनिखोस्री गरेर बसेका थियौँ । तर, सो जग्गा नवलपुरका साहुहरूले दर्ता गराएका रहेछन् । हामीलाई पत्तो नै भएन ।’-स्थानीय लालबहादुर गिरीले भने । उनका अनुसार माझीबस्तीमा परेको समस्याको बारेमा नगरपालिकामा गठन भएको मेलमिलाप केन्द्रमा उजुरी दर्ता गराइएको छ । मेलमिलाप केन्द्रले यो विषयलाई जिल्ला स्तरमा छलफल चलाएर समस्या समाधान गर्न पहल गर्ने केन्द्रका जिल्ला संयोजक उद्धव अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments