Incident Reports

छोरी बलात्कार गर्ने बाबुको प्रयास, आमा र भाइले जोगाए

2016-09-19

Madhes, Parsa, Birgunj, Ward 2

वीरगन्जमा एक जना किशोरीलाई उनका आफनै बाबुले बलात्कारको प्रयास गरेको खुलासा भएको छ। वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १ बजार छपकैयामा घर भइ हाल वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा डेरा लिएर बस्दै आएका ४२ वर्षिय एक व्याक्तिले आफनै १५ वर्षिया छोरीलाइ बलात्कार गर्ने प्रयास गरेका हुन् । गत असोज ३ गते रासत ११ बजे डेरा घरको कोठामा सुतेका बेला किशोरीलाइ उनका बुबाले बलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । एउटै कोठामा किशोरी , उनकी आमा र भाइ सुतेका थिए । मदिराको नशामा रहेका ती व्याक्तिले सुतेकी छोरीको लुगा खोलेर जबरजस्ती गर्ने क्रमम किशोरीले होहल्ला गरेपछि उनकी आमा र भाइले बलात्कार हुनबाट जोगाएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। घटना भएको भोलिपल्ट असोज ४ गते साँझ मात्र पिडित किशोरी र उनकी आमाले उजुरी दिएपछि आरोपित व्याक्तिलाइ पक्राउ गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका आरोपित व्याक्तिलाइ जिल्ल प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी उद्योग ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments