Incident Reports

Highway blocked demanding compensation | क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध |

2016-11-04

Bagmati, Dolakha, Bhimeshwor

Following the death of a worker of Upper Tamakoshi Hydropower, local residents have halted the road section of Boch VDC at Araniko Highway. Many passengers traveling to and from Dolakha faced inconvenience because of it. The accident took place on Thursday when Gopi Basnet (age 35), lost his life in a mixture accident. He died on the spot when the mixture turned aside in the tunnel. A Chinese and another Nepali worker were injured in the accident. As per the deceased's relatives, he lost his life because of the company's negligence. They want this accident to be investigated thoroughly and also demanded necessary compensation. The relatives also added that they were forced to block the road after the company's management ignored their grievances. माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोमा कार्यरत एक मजदुरको मृत्यु भएको विरोधमा स्थानीय बासीले अरनिको राजमार्गअन्तर्गतको लामोसाँगु जिरी सडकखण्ड अन्तगर्तको बोच गाविसमा सडक अवरुद्ध बनाएका छन् । बाटो अवरुद्ध हुँदा दोलखाबाट काठमाडौं आउने तथा काठमाडौंबाट दोलखा जाने यात्रु समस्यामा परेका छन् । बिहीबार सिनो हाइड्रोमा कार्यरत ३५ वर्षका गोपी बस्नेतको मिक्चर दुर्घटना हुँदा मृत्यु भएको थियो । बस्नेत मिक्चर चालक हुन् । उनले गिटी र बालुवा घोलेर मिक्चरमार्फत सुरुङ मार्गको व्युरो नम्बर ६ मा लैजाँदै गर्दा मिक्चर पल्टिएको थियो । सुरुङभित्र मिक्चर पल्टिदा चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो भने एक चिनियाँ नागरिक र एक नेपाली मजदुर घाइते भएका छन् । मृतकका आफन्तले सुरुङ भित्र दुर्घटना भएको नभई कम्पनीले लापरबाहीले बस्नेतको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले घटनाको उचित छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन् । आफ्नो मागका विषयमा कम्पनीले वेवास्था गरेकाले कडा रुपमा प्रस्तुत हुन परेको मृतकका आफन्त भीमसेन केसीले बताए । माथिल्लो तामाकोशी जल विद्युत आयोजनासँग मृतकका आफन्तले छलफल गरे पनि वार्ता सकारात्मक नभएपछि उनीहरुले प्रशासनसँग सहयोग मागेका हुन् । मृतकका आफन्तसँग छलफल भइरहेकाले केहीबेरमा अवरुद्ध सडक सुचारु हुने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other governance issues
Secondary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis