Incident Reports

दोश्रो किस्ता माग्दै आन्दोलन

2016-12-29

पुनर्निर्माणमा ढिलासुस्ती भएका भन्दै जिल्लाका भूकम्पपीडितहरूले बिहीबार सदर मुकाममा प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै उनीहरूले जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्रसमेत बुझाए । ५० हजारले घर बनाउन एक छेउ पनि नहुने रहेछ मिरकोट ५ की मीरा थापाले भनिन्, दोस्रो किस्ताको रकम चाडो दिनुपयो ।’ घर निर्माण गन नसक्दा २० महिनादेखि पालमा बसेको गुनासा उनले गरिन् । पुसको ठन्डी छ, त्रिपालमुनि शीत चुहिएर राति कटाउन सकिदन,’उनले भनिन् । मानवअधिकार एलाइन्सलगायत संघसंस्थाको अगुवाइमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि जनपरि चालन अन्तर्गत प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी हुन गाउ -गाउबाट भूकम्पपीडित आएका थिए । केराैजाका सुकबहादुर गुरुबले भूकम्पपीडितल घर बनाउन घडेरी पनि नपाएको गुनासो गरे। घर बनाउने जग्गा नै छैन,’ उनले भने , ५० हजारले कहा घर बनाउने ?’ पहिराेले गाउनै जोखिममा परेपछि केराैजा गाविसका १, २, ३ र ४ का बासिन्दाले घर निर्माण सुरु गर्न नपाएका हुन् । जिल्लाभर १६ हजार पीडितले छुट भएका भन्दै असोजमा गुनासो दर्ता गरेका थिए । ५२ हजार पीडितले अनुदान हात पारि सके को भए पनि १६ हजार छुट भएका हुन् । जाडो बढे पछि हिउ“ पर्न बेला भयो ,’ उनले भने , कहिले सम्म त्रिपालमा बस्नुपर्ने हो ।’ जग्गा नभएका सुकम्ावासीले पनि राहत नपाएको बताए । गोरखा ७ की सोमकुमारी थापाल ५० हजार कम्ती भएको भन्दै एकमुष्ट र कम दिन माग गरि न । कति पैसा दिने हो सरकारले एकै चोटि दिनुप¥यो ,’ उनले भनिन् । ५० हजारले घर बनाउन आवश्यक पर्ने सामग्री ढुवानी गर्न मात्रै पुग्ने उनको भनाइ थियो । घर निर्माण गर्न प्राविधिक सहायतासमेत नपाएको पीडितहरूले बताए । भुइढलान सकिएर पिल्लर उठाएको छ,’ मिरकोट ८ का शिवबहादुर अधिकारीले भने , इन्जिनियर सापहरू गाउमा भेटिदैनन फोन गछु र्, आउछ – ु आउछु मात्र भन्नुहन्छ ।’ इन्जिनियरले सिफारिस नदिदा दोस्रो किस्ताको र काम बुझे र काम सुरु गर्न नपाएका धुवाकोट ९ का खडकबहादुर सेडाईले बताए । घर निर्माण प्रभावित दोलखा– जिल्लाका २ हजार ५ सय भूकम्पपीडित परिवारले सरकारी अनुदान लिएर घर बनाइसके पनि दोस्रो किस्ता पाएका छैनन् । पहिलो किसता बापत ५० हजार लिएका पीडित दोस्रो किस्ताका लागि सदर मुकाम धाइरहेका छन् । थप एक लाखसमेत तीन लाख दिने सर कारी घोषणा कार्यान्वयनको नीति नबनेकाले दोस्रो किस्ता दिन नसकेको प्राविधिक बताउछन् । घर बनाइसक्यांै तर ५० हजार भन्दा बढी आएन,’ सिमपानीका कृष्ण थापाले भने , अब व्याजमा ऋण खोज्नुको विकल्प छैन । चर्को व्याजमापरिने भयो ।’ घर बनाइसकेका र बनाउदै गरेका करिब तीन हजार परिवारले दोस्रो किस्ता माग गरेका छन् । दोस्रो किस्ताको खोजी गर्दै आउनेलाई जवाफ दिन सकिने आधार नभएको जिविसका इन्जिनियर नारायण शिवाको टीले बताए । उनका अनुसार जिविसमा दोस्रो किस्ताबारे जानकारी छैन । दोसो किस्ता कहिले आउछ भन्दै पीडितहरू सोध्न आइरहन्छन, के जवाफ दिने थाहा छैन,’ उनल भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments