Incident Reports

Sugarcane farmers vandalized industry in Rautahat

2017-04-24

Madhes, Rautahat, Garuda

Sugarcane farmers have vandalized Shree Ram Sugarcane demanding payment. They have padlocked various sugar mill industry on 20 April, claiming that the industries have not paid them around 32 crores in last 3 fiscal years. After the tensed situation, Area Police office, and Nepal Army called the industrialist to began the process for immediate payment to the farmers. रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड गरेका हुन्। गत तीन आर्थिक वर्षको गरी करिब ३२ करोड रुपैयाँ किसानले उद्योगसित भुक्तानी लिनु बाँकी रहेको भन्दै गत हप्ता उद्योगको विभिन्न कार्यालयमा तालाबन्दी गरेका थिए। उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गत ७ वैशाखमा उद्योगको विभिन्न विभागमा किसानहरुले तालाबन्दी गरेका थिए। उद्योगमा तालाबन्दी गरे पनि सञ्चालकहरुले उखुको मूल्य भुक्तानीको लागि कुनै चासो नदेखाएपछि गोदाममा रहेको चिनी नै लैजान खोजेका थिए। गोदामको ताल्चा फुटाएर किसानले पाएको नेटपूर्जीमा उद्योगले नै अंकित गरेको रकमलाई आधार मानेर चिनी लैजाने योजनामा रहेका किसानहरुलाई प्रहरीले रोक्न खोजेपछि किसानहरुले उद्योगमा तोडफोड गरेका हुन्। किसानहरु तोडफोडमा उत्रेपछि उद्योगको सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरी निरीक्षक परशुराम थापाले। उ उद्योगपतिसित सम्पर्क गरी तत्काल भुक्तानीको प्रक्रिया थाल्न आग्रह गरेका थिएद्योगको विभिन्न विभागका प्रमुखहरुको सल्लाहमा उद्योगपतिले आगामी १२ वैशाखका दिन उखुको भुक्तानीको तालिका निकाल्ने सहमति भएको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोज कुमार सहनीले बताएका छन्। तोकिएको दिनसम्मको लागि आन्दोलन स्थगित गरिएको र यसपटक पनि उद्योगपतिले सहमतिअनुसार नगरेमा १३ गतेदेखि कडा आन्दोलनको सामना गर्नुपर्ने चेतावनी संघका अध्यक्ष अशोक कुमार यादवले दिएका छन्। चालू आर्थिक वर्षमा करिब ७ लाख क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले किसानसित नगदैमा उखु किन्छु भनी पछिल्लो १३ दिनको पूरै रकम बाँकी राखेको छ। गत दुई आर्थिक वर्षको रकम समेत बाँकी राखेको उद्योगप्रति सर्वसाधारण उखु किसानको विश्वास कम हुँदै गएको किसानहरु नै बताउँछन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis