Incident Reports

11-year-old pregnant girl banished from village

2016-12-24

Province 1, Bhojpur, Arun, Ward 5

[Updated] An 11-year-old rape victim from Yaku in Arun Municipality-5 of Bhojpur district has been banished from her village after becoming pregnant. Shadana Shrestha (name changed), a seventh grader of Panchakanya Aadharbhut School, was compelled to leave the village after the rapist's family refused to accept a proposal for her marriage with the boy on ground that she belonged to a 'low caste'. Her neighbor, Durga Bahadur Shrestha, 20, had raped her about seven months ago on December 24, following which Shadana conceived a child. The victim's family said the family of the alleged rapist threatened them and forced her to leave the village. According to her father, they were forced to bid Sadhana farewell due to fear and repeated threats from the family of the accused. At the moment, Shadana is living in Dharan and is in a miserable condition. She is six months pregnant, informed her father. “When Shadana went through a check up at a local health post, her pregnancy was confirmed. Following this, the boy took her to Dharan,” said Nilam Ghale, the victim's aunt. According to her, the family pleaded for help from the local women's committee and Yaku police station to no avail. “They completely ignored our cry for help.” According to the victim's father, Shadana calls home from different cell numbers from different places. “We still fear that the boy's family might do something wrong to our family.” Pusha Lata Upreti, an official from the Women's Development Committee, said that she was informed of the incident and she called the victim's family to the District Coordination Committee. “However, the boy's family did not respond,” she said. भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । साधनाको बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्राउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको हो । गाउँनिकाला पछि धरान झरेकी बालिकाको भने बिचल्ली भएको छ । बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘छ महिनाको भर्गवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो । बालिका अहिले धरानमा वेवारिसे अवस्थामा रहेको उनले बताए । संगै गएको केटाको अत्तोपत्तो छैन । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे ।’ कमजोर आर्थिक स्थिति भएका खगेन्द्र भारतमा मजदुरी गर्ने गरेको बताए । अन्तरजातीय विवाह गरेका कारण यो समाजले पनि मलाई न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक देखायो ।’ अहिले पनि हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’, उनले भने ‘छोरीको विजोग भयो कहिले कसको नम्बर बाट कहिले कस्को नम्बर बाट फोन गर्छे कहाँ बस्छे टुंगो छैन् ।’ स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन्। बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताइन । घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन । भेलामा सहभागी अगुवा महिला प्रतिनिधिले समेत साथ नदिएपछि केटी पक्ष निरास बनेको थियो । प्रहरी चौकी याकुमा गए पनि सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर विहे गरिदिने निर्णय भएअनुसार विवाह गरिदिएको बताए । महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । Update.... A youth has been taken into custody in accusation of raping an 11 – year – old girl of Yaku area of Arun Rural Municipality – 5, Bhojpur. 20 – year – old Durga Bahadur Shrestha was arrested based on a complaint filed by the pregnant girl. Shrestha was arrested on Tuesday, Deputy Superintendent of Police (DSP) Kaji Kumar Acharya said. RSS भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ। नागरिकन्युज डटकममा समाचार प्रकाशित भएपछि अनुसन्धान थालेको प्रहरीले छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। बलात्कार पछि बालिका गर्भवति समेत भएकी छिन्। उनी गर्भवति भएपछि गाउँनिकालामा परेकी थिइन्। बालिकाको पेटमा छ महिनाको गर्भरहेको अभिभावकले जनाएका छन्। उनलाई प्रहरीले धरानमा पक्राउ गरि भोजपुर लैजाने तयारी गरिरहेको छ । श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय, भोजपुरमा आज जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ। श्रेष्ठले ललाई फकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवति भएकि थिइन। केटा पक्षले दलितको छेरी नभित्र्याउने भन्दै धम्कि दिएपछि उनलाई गाउँनिकाला गरिएको थियो। गाउँनिकाला पछि धरान झरेको बालिकाको भने विचल्ली भएकि थिइन। बालिकालाई ७३ साल पुष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारिरिक सम्बन्ध राखेका थिए। बालिका गर्भवति भएपछि गाउँलेको भेलाले गाउँनिकाला गरेको समाचार सार्वजानिक भएपछि सरोकारवाला निकायले चासो दिएको थियो। धरानमा रहेकि बालिकालाई भोजपुर झिकाइएको हो। महिला विकास कार्यालयको समन्वयमा उजुरीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको थियो। प्रहरी कार्यालयले गम्भीर घटनालाई सामान्य सम्झेर घरगाउँमै सामसुम पार्न खोजेको देखिएपनि बालिकालाई न्याय दिने र दोषीमाथि कारवाही गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताएको छ। मुलुकी ऐनको जबरजस्ती करणी महलले घटना भएको ६ महिनासम्म पीडित पक्षले सम्बन्धित निकायमा न्यायको लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। तर बालिकाको गर्भ छ महिनाको भइसकेको छ। प्रहरीले बालिकाबाट स्वस्थ र सुरक्षित बच्चा जन्माउने, नामाकरण, सम्पत्ती हक दावीसम्मको कुरालाई ध्यान दिएर घटनाको छानवीन र दोषीमाथि कारवाहीको लागि काम गर्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले संवेदनशिल मुद्दा भएकोले आफैले मुद्दाको मिसिल तयार गरि दर्ता गरेको हो। मुलुकी ऐनको जवर्जस्ती करणी महल अनुसार १० वर्ष भन्दा माथि र १४ वर्ष मुनिका बालिका माथि जवर्जस्ती करणी भए १२ वर्ष सम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ। ७३ पुसमा पहिलोपटक महिनावारि भएको एक महिनापनि नवित्दै नियमित महिनावारि रोकिएपछि पनि घरमा सामान्य नै मानेका थिए। केटा पक्षबाट अझै पनि मिल्नको लागि दवाव आइरहेको पीडित परिवारले बताएको छ। महिला तथा बालवालिका कार्यालय भोजपुरकी प्रमुख महिला विकास अधिकृत पुष्पलता उप्रेतीले जबरजस्ती करणीबाट हुर्केको गर्भ पतन गर्न मिल्ने कानुनी प्रावधान भएपनि गर्भ निकै हुर्किसकेको साथै उमेर नै नपुगी बसेको गर्भ भएकाले त्यसलाई सुरक्षित जन्म दिने र बालिकाको लेखपढ, पालन पोषणदेखि स्वास्थ्य संरक्षणको आवश्यकता रहेको बताएकी छन्। सञ्चारमाध्यममा समाचार आएपछि बालिकाको संरक्षणको लागि थुप्रै संघसंस्था सम्पर्कमा आएको तर कहाँ पठाउने निर्णय भइनसकेको बताएकी छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa , Local Newspaper - Siraha , Local Newspaper - Rautahat

0 Comments