Incident Reports

११ वर्षीया बालिका गर्भवती भएपछि गाउँनिकाला, बालिकाको विजोग [Updated]

2016-12-24

Province 1, Bhojpur, Arun, Ward 5

RSS भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ। नागरिकन्युज डटकममा समाचार प्रकाशित भएपछि अनुसन्धान थालेको प्रहरीले छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। बलात्कार पछि बालिका गर्भवति समेत भएकी छिन्। उनी गर्भवति भएपछि गाउँनिकालामा परेकी थिइन्। बालिकाको पेटमा छ महिनाको गर्भरहेको अभिभावकले जनाएका छन्। उनलाई प्रहरीले धरानमा पक्राउ गरि भोजपुर लैजाने तयारी गरिरहेको छ । श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय, भोजपुरमा आज जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ। श्रेष्ठले ललाई फकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवति भएकि थिइन। केटा पक्षले दलितको छेरी नभित्र्याउने भन्दै धम्कि दिएपछि उनलाई गाउँनिकाला गरिएको थियो। गाउँनिकाला पछि धरान झरेको बालिकाको भने विचल्ली भएकि थिइन। बालिकालाई ७३ साल पुष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारिरिक सम्बन्ध राखेका थिए। बालिका गर्भवति भएपछि गाउँलेको भेलाले गाउँनिकाला गरेको समाचार सार्वजानिक भएपछि सरोकारवाला निकायले चासो दिएको थियो। धरानमा रहेकि बालिकालाई भोजपुर झिकाइएको हो। महिला विकास कार्यालयको समन्वयमा उजुरीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको थियो। प्रहरी कार्यालयले गम्भीर घटनालाई सामान्य सम्झेर घरगाउँमै सामसुम पार्न खोजेको देखिएपनि बालिकालाई न्याय दिने र दोषीमाथि कारवाही गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताएको छ। मुलुकी ऐनको जबरजस्ती करणी महलले घटना भएको ६ महिनासम्म पीडित पक्षले सम्बन्धित निकायमा न्यायको लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। तर बालिकाको गर्भ छ महिनाको भइसकेको छ। प्रहरीले बालिकाबाट स्वस्थ र सुरक्षित बच्चा जन्माउने, नामाकरण, सम्पत्ती हक दावीसम्मको कुरालाई ध्यान दिएर घटनाको छानवीन र दोषीमाथि कारवाहीको लागि काम गर्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले संवेदनशिल मुद्दा भएकोले आफैले मुद्दाको मिसिल तयार गरि दर्ता गरेको हो। मुलुकी ऐनको जवर्जस्ती करणी महल अनुसार १० वर्ष भन्दा माथि र १४ वर्ष मुनिका बालिका माथि जवर्जस्ती करणी भए १२ वर्ष सम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ। ७३ पुसमा पहिलोपटक महिनावारि भएको एक महिनापनि नवित्दै नियमित महिनावारि रोकिएपछि पनि घरमा सामान्य नै मानेका थिए। केटा पक्षबाट अझै पनि मिल्नको लागि दवाव आइरहेको पीडित परिवारले बताएको छ। महिला तथा बालवालिका कार्यालय भोजपुरकी प्रमुख महिला विकास अधिकृत पुष्पलता उप्रेतीले जबरजस्ती करणीबाट हुर्केको गर्भ पतन गर्न मिल्ने कानुनी प्रावधान भएपनि गर्भ निकै हुर्किसकेको साथै उमेर नै नपुगी बसेको गर्भ भएकाले त्यसलाई सुरक्षित जन्म दिने र बालिकाको लेखपढ, पालन पोषणदेखि स्वास्थ्य संरक्षणको आवश्यकता रहेको बताएकी छन्। सञ्चारमाध्यममा समाचार आएपछि बालिकाको संरक्षणको लागि थुप्रै संघसंस्था सम्पर्कमा आएको तर कहाँ पठाउने निर्णय भइनसकेको बताएकी छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa , Local Newspaper - Siraha , Local Newspaper - Rautahat

0 Comments