Textile workers of Ghorahi, Dang have begun strike from Tuesday demanding an increase in their wages. They also submitted the memorandum to District textiles committee three days ago demanding an increase in their wages by 40%, said union leader Pramod Pariyar. Since they didn't show any concern they were forced to protest. They have halted all work and have warned that they will continue the protest until their demands are met.
दाङ घोराहीका सिलाई कालिगढहरू आन्दोलनमा उत्रिएका छन् । समयसँगै उचित रुपमा ज्याला वृद्धिको माग गर्दै मंगलबारदेखि कालिगढहरू काम रोकेर आन्दोलनमा उत्रिएका हुन् ।
वर्षेनी हुँदै आएको मूल्य वृद्धिले आफूहरू मर्कामा परेको हुँदा आफ्नो ज्यालामा पनि त्यही अनुरुपको वृद्धि हुनुपर्ने उनीहरूको माग छ। अन्य क्षेत्र र सरकारी सेवा क्षेत्रमा वर्षेनी सेवा सुविधा वृद्धि हुने गरेतापनि आफूहरूको ज्यालामा वृद्धि नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको सिलाई कालिगढ यूनियन घोराहीका अध्यक्ष प्रमोद परियारले बताए । उनले सिलाई मजदूरहरूको ज्याला नबढ्दासम्म काममा नजाने बताए । समयानुकुल आफूहरूको ज्याला बढ्नुपर्ने माग गर्दै साउन ११ गते नै सिलाई कालिगढहरूले दाङ जिल्ला कपडा सिलाई व्यवसायी समितिलाई ज्ञापन पत्र बुझाएका थिए ।
तीन दिनको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएपनि कपडा मालिकले भने वार्ताको लागि कुनै पहल नगरेपछि आफूहरु मंगलबारदेखि काम रोक्न बाध्य भएको सिलाई कालिगढ यूनियन घोराहीका अध्यक्ष प्रमोद परियारले सेतोपाटीलाई बताए ।
यो बीचमा साहुहरूले कपडा सिलाईमा १५ प्रतिशत वृद्धि गरेको भएपनि कालिगढहरूको ज्याला बढाउनका लागि भने कुनै चासो नदिएको हुँदा आन्दोलनमा उत्रनु परेको जानकारी दिए । अध्यक्ष प्रमोद परियारले आफुहरुले कालिगढको ज्याला ४० प्रतिशतले बढाउन माग गर्दै मागपत्र पेश गरेको भएपनि वार्तामा समयानुकुल सुहाउँदो मात्रामा मात्रै बढाएमा आफूहरु सहमत हुने बताए ।
आफुहरुको माग प्रति साहुहरुले बेवास्ता गरेका कारण काम रोकेर आन्दोलनमा उत्रिएको उनले बताए । ‘हामीले न्यून ज्यालादरमै श्रम वेचिरहेको हुँदा समय अनुकुल ज्याला बढाउन पर्छ भन्ने हाम्रो माग हो ।’ उनले भने