Incident Reports

बैंक प्रबन्धकको रहस्यमय मृत्युबारे छानविन माग गर्दै प्रदर्शन

2017-08-26

Lumbini, Dang, Ghorahi

नेपाल बैंक लिमिटेड बर्दिया शाखाका प्रबन्धक प्रमोद बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनको माग गर्दै शनिबार घोराहीमा प्रदर्शन गरिएको छ । घोराही निवासी बर्मा साउन २३ गते बाँकेको अगैयास्थित जंगलमा रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए । बर्माको आत्महत्या नभई हत्या भएको दाबी गर्दै श्रीमती पार्वती बस्नेतले निष्पक्ष अनुसन्धान गरी दोषिमाथि कारबाहीको माग गरेकी छिन् । शवको प्रकृति हेर्दा र शरिरभरी निलडाम रहेकाले प्रमोदको हत्या नै भएको उनले दाबी गरिन् । यसैबीच प्रहरीले पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि बैंकका कर्मचारी बिन्दु ज्ञवाली र उनकी साथी आश्मा खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ । दबाब र्‍यालीमा मृतकका आफन्तका साथै विभिन्न क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थी र युवाहरुको सहभागिता थियो । तुलसीपुर चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, अदालत, शहिद गेट, दामोदर चोक, न्यूरोड हुँदै तुलसीपुर चोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘हामीलाई न्याय चाहियो, घटनाको निष्पक्ष छानविन गर्, दोषीलाई कडाभन्दा कडा कारबाही गर्’ जस्ता नारा लगाएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments