Incident Reports

दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी आन्दोलित

2018-02-21

Gandaki, Kaski, Pokhara Lekhnath

दुर्घटनामा ज्यान गुमाएकी बन्दना पौडेलका लागि न्यायको माग गर्दै पोखरामा विद्यार्थी आन्दोलित भएका छन् । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बुधबार पोखरामा प्रदर्शन गरेका छन् । विद्यार्थी संघहरुले पौडेलको घटनामा सवारी चालकको दोष रहेको भन्दै तत्काल कारवाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । घटनाको विरोधमा उनी अध्ययनरत जनप्रिय क्याम्पस अगाडि बुधबार बिहान विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । दिउँसो १२ बजे पृथ्वीनारायण क्याम्पस अगाडि चक्काजाम तथा बेलुका ५ बजे जनप्रिय क्याम्पसबाट विरोध जुलुस निकाल्ने नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताएका छन् । पौडेल नजप्रिय क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् । पोखराको चाउथेमा ट्रिपरको ठक्करबाट स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी २१ वर्षकी बन्दना पौडेलको मृत्यु भएको थियो । सोमबार बेलुका ना ६ ख ९००६ नम्बरको ट्रिपरले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएको पौडेलको टाउको र खुट्टामा चोट लागेको थियो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनी गण्डकी मेडिकल कलेजको ल्यावमा काम गर्थिन् । काम सकेर घर फर्किने क्रममा दुर्घटना भएको हो । घटनाबारे अनुसन्धान भैरहेको ट्राफिक प्रहरी प्रमुख एनकुमार मल्लले जानकारी दिए । ट्रिपर चालक दलबहादुर प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments