Incident Reports

ज्याला माग्दा वडाध्यक्षद्वारा निर्घात कुटपिट

2018-03-27

बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेका छन्। विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन्। वडाध्यक्ष भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका छन्। ज्याला माग्दा निर्घातरुपमा कुटिएको पीडित मनबहादुर विष्टले बताए। उनले भने, ‘गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय वितिसक्दा पनि चैतेदशैं मनाउन ज्याला माग्दा सोही वडाका वडाध्यक्ष कटकबहादुर विष्टले निर्घात रुपमा हातखुट्टा बाँधेर गाई गोरुको गोठमा थुनेर कुटपिट गरेको विष्टले बताए। वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते विष्टको उपचारका लागि जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। वलीले दिएको जानकारीअनुसार घाइते विष्टको घाउ केस फाराम भरिएको छ । थप उपचार र जानकारीका लागि विष्टलाई प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। विष्टलाई कुटपिट गर्ने वडाध्यक्ष कटक विष्टलाई भने पक्राउ नगरेको बताइएको छ । वडाध्यक्ष विष्टले मनबहादुर विष्टले मदिरा सेवन गरी गाली गलौज गरेकाले हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेको बताए। उनले आफूले मन विष्टलाई कुटपिट नगरेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Trend Analysis