Incident Reports

मेला भर्न गएकी १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

2018-03-30

Gandaki, Parbat, Kushma

पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । लिफ्ट दिने नाममा होटलमा पुर्‍याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् । बलात्कारको घटनाबारे खबर नगरेको आरोपमा होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । लिफ्ट दिने नाममा होटल पुर्‍याइयो घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहीबार राति पीडित युवतीसँगै साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए । त्यहीँ क्रममा दुई वटा मोटरसाइकल उनीहरुको अगाडि आइपुग्छ र कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन् । तर, कुश्मा नगरपालिका-४, छमर्केमा ‘न्यू सेवा गेष्ट हाउस’ लान्छन् । त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन् । त्यहाँ उनीहरुले मदिरा सेवन गर्छन् । युवतीलाई पनि मदिरा खुवाएपछि बलात्कार गरेको खुलेको छ । अर्की युवती भने भाग्न सफल हुन्छिन् । उनले नै खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोली घटनास्थल पुगेर उद्दार गरेको छ भने तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि जबरजस्तीकरणी मुद्दा अन्तरगत ७ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments