Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2018-06-24

Lumbini, Rupandehi, Siddharthanagar

३० वर्षीया दुईजना र ३५ वर्षीया एक जना गरी तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले असार १० गते भैरहवाको सिर्द्धार्थ बसपार्कबाट उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका-५ की ३० वर्षीया सरीता चौधरी थापा, नवलपरासी बर्दघाट नपा-८ की ३५ वर्षीया गीता पाण्डे र रुपन्देही जिल्ला देवदह नपा-८ की ४० वर्षीया देउरुपा न्यौपानेलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित महिलाहरूलाई आरोपितहरूले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर बेचबिखनका लागि लैजान लागेको र वैदेशिक रोजगारीका लागि पठाइने भन्ने बहाना मात्र भएको प्रहरीको आरोप छ ।

0 Comments