Incident Reports

Clash occured during the ward meeting

2018-07-28

Locals of Musikot municipality has attacked the vice chairman Govardan Buda of East Sisne rural municipality and ward chairman Sudan Regmi and Shanta Bahadur Bk with the chair during a meeting of bringing small hydropower project in the area. They have sustained minor wounds in the attack. Police are investigating the incident. रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार भएको छ । साउन १२ गते बेलुकी सिस्ने गाउँपालिका–८ को वडा कार्यालयमा विद्युको विषयमा छलफल भइरहेका बेला आफूहरूमाथि हमला भएको वडा अध्यक्ष सुदन रेग्मीले जानकारी दिए । जामाखोला लघु जलविद्युत आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको र सो क्रममा ५ नम्बर वडाध्यक्षले कुरा राखिरहेको बेलामा मुसीकोट नगरपालिका–१ छिङका ३० वर्षीय विष्णु ओली, ३० वर्षीय कृष्ण शाही, २८ वर्षीय प्रकाश मल्ल र ३१ वर्षीय जङ्गबहादुर ओलीले उपाध्यक्षसहित आफूमाथि कुर्सीले आक्रमण गरेको उनले आरोप लगाए । कुर्सी प्रहारबाट आफू र शान्तबहादुरको टाउको र शरीरका अन्य भागमा चोट लागेको उनले जानकारी दिए । घटनाबारे साउन १३ गते गाउँपालिकामा बैठक बसेको र आरोपितलाई कारबाही गर्ने तथा घटनालाई समाधान गर्ने सम्बन्धमा गाउँपालिका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोवर्धन बुढाले समन्वय गर्ने निर्णय भएको रेग्मीको भनाई छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वमा मौखिक रूपमा उजुरी आएको र लिखित निवेदन आएपछि अनुसन्धान थालिने रूकुम पूर्वका डिएसपी प्रविणलाल श्रेष्ठले बताए । साविक स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै आएको छ । साविकको स्यालापाखा गाविसका १ देखि ७ नम्वर वडाबासीको श्रमदानमार्फत उक्त विद्युत आयोजना निर्माण गरिएको थियो । साविक स्यालापाखा गाविसका ३ र ४ नम्वर वडा रूकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मा परेका छन् भने बाँकी ७ वटा वडाहरू रूकुम पूर्वको सिस्ने गाउँपालिकामा पर्दछन् । मुसीकोट नगरपालिकामा परेका वडावासीहरूले विद्युत आयोजना गाउँपालिका मातहत नभई उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 2
INSEC

0 Comments