Incident Reports

गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार

2018-07-28

रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार भएको छ । साउन १२ गते बेलुकी सिस्ने गाउँपालिका–८ को वडा कार्यालयमा विद्युको विषयमा छलफल भइरहेका बेला आफूहरूमाथि हमला भएको वडा अध्यक्ष सुदन रेग्मीले जानकारी दिए । जामाखोला लघु जलविद्युत आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको र सो क्रममा ५ नम्बर वडाध्यक्षले कुरा राखिरहेको बेलामा मुसीकोट नगरपालिका–१ छिङका ३० वर्षीय विष्णु ओली, ३० वर्षीय कृष्ण शाही, २८ वर्षीय प्रकाश मल्ल र ३१ वर्षीय जङ्गबहादुर ओलीले उपाध्यक्षसहित आफूमाथि कुर्सीले आक्रमण गरेको उनले आरोप लगाए । कुर्सी प्रहारबाट आफू र शान्तबहादुरको टाउको र शरीरका अन्य भागमा चोट लागेको उनले जानकारी दिए । घटनाबारे साउन १३ गते गाउँपालिकामा बैठक बसेको र आरोपितलाई कारबाही गर्ने तथा घटनालाई समाधान गर्ने सम्बन्धमा गाउँपालिका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोवर्धन बुढाले समन्वय गर्ने निर्णय भएको रेग्मीको भनाई छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वमा मौखिक रूपमा उजुरी आएको र लिखित निवेदन आएपछि अनुसन्धान थालिने रूकुम पूर्वका डिएसपी प्रविणलाल श्रेष्ठले बताए । साविक स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै आएको छ । साविकको स्यालापाखा गाविसका १ देखि ७ नम्वर वडाबासीको श्रमदानमार्फत उक्त विद्युत आयोजना निर्माण गरिएको थियो । साविक स्यालापाखा गाविसका ३ र ४ नम्वर वडा रूकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मा परेका छन् भने बाँकी ७ वटा वडाहरू रूकुम पूर्वको सिस्ने गाउँपालिकामा पर्दछन् । मुसीकोट नगरपालिकामा परेका वडावासीहरूले विद्युत आयोजना गाउँपालिका मातहत नभई उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 2
INSEC

0 Comments